भीआइपी जुवा अखाडामा छापा, १३ ब्यापारी पक्राउ


२ मंसिर २०७५, आईतवार
miraj

काठमाडौं, २ मंसिर । भर्खरै तिहारमा पूर्वगृहराज्यमन्त्री इन्द्रबहादुर बानियाँ, पुननिर्माण प्राधिकरणका सचिव अर्जुनबहादुर कार्की, पूर्व डीएसपी सुरेन्द्र सिंह लगायतले छाउनीमा खेलेको जुवामा करोडौं रुपैयाँ हारजीत भएको घटना सेलाउन नपाउँदै काठमाडौं प्रहरीले बत्तीसपुतलीमा रहेको होटल मिराज लर्डस इनमा छापा हानी १३ जना भीआइपी जुवाडेलाई पक्राउ गरेको छ ।

miraj

उक्त जुवा अखाडाबाट प्रहरीले मारवाडी व्यापारीलाई पक्राउ गरेको जनाएको छ । महेश गोयल सञ्चालक रहेको उक्त होटलको पाँचौ तलाको कोठा नम्बर ५०२ मा जुवा खेलिरहेका १३ जनालाई व्यापारीलाई प्रहरीले पक्राउ गरेको थियो । जुवा अखाडाबाट ७ लाख ६० हजार रुपैयाँ मात्र बरामद भएको प्रहरीले जनाएको छ । करोडौं रुपैयाँको जुवा अखाडाबाट ७ लाख ६० हजारमात्र कसरी बरामद भयो भन्ने आशंका प्रकट गर्न थालिएको छ । जुवा अखाडाबाट बरामद भएको रकम थोरै देखाएर अरु प्रहरीले भागबण्डा गर्ने गरेको आरोप लाग्ने गरेको छ ।
पेशेवर रुपमा त्यहाँ जुवा खेलाइने सूचनाका आधारमा प्रहरीले छापा हानेको थियो । होटल सञ्चालक गोयलकै मिलेमतोमा जुवा खेलाइने गरिएको थियो । पक्राउ पर्ने ती ब्यापारी को को थिए भन्ने नाम प्रहरीले सार्वजनिक गरेको छैन ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७