मिस नेपाल खतिवडा ‘मिस वर्ल्ड’ भोटिङको एक नम्बरमा, यसरी गर्नुस् भोट


२ मंसिर २०७५, आईतवार
shrinkhala khatiwada

काठमाडौं, २ मंसिर । मिस नेपाल श्रृखंला खतिवडा अहिले मिस वर्ल्ड प्रतियोगितामा व्यस्त छिन् । मिस नेपाल–२०१८ को ताज पहिरिएकी श्रृखंलाको यात्रा व्यस्ततामा मात्र होइन मिस
वर्ल्ड बन्ने सम्भावनातर्फ अघि बढिरहेको छ । 

shrinkhala khatiwada

चीनमा भइरहेको प्रतियोगिताको भोटिङ्गमा नेपाली चेली श्रृखंलाले सबै प्रतिष्पर्धीहरुलाई पछि पार्दै आफूसँग देशको प्रतिष्ठालाई समेत बढाइरहेकी छन् ।

विश्वका १२१ देशका सुन्दरीहरुको प्रतियोगितामा श्रृखंलाको अहिलेसम्मको सफलता लोभलाग्दो र सम्भावनायुक्त बनिरहेको छ ।

हालसम्मको अवस्थालाई हेर्दा उनी २२० देशका सुन्दरीहरुलाई पछि पार्दै भोटिङमा एक नम्बरमा छिन् । इभेन्ट सन् २०१८ डिसेम्बर ८ मा हुन लागेका बुझिएको छ ।

shrinkhala

प्रतियोगिताको दौरानमा उनले सहभागी र उपस्थित सबैमाझ आफ्नो प्रभाव देखाउन सफल भएकी छन् । उनले प्रतियोगितामा उपस्थित विभिन्न देशका सुन्दरीहरुलाई नेपाली भाषा बोल्न सिकाउने, नेपाली गीत गाउन लगाउने जस्ता कार्यहरु पनि गरेर नेपालको सँस्मृति अरुलाई चिनाइरहेकी छिन् ।

Miss Nepal Shrinkhala Khatiwada

सबैलाई आफूप्रति आकर्षित गर्न सफल भएकी श्रृंखलाले नेपालको संस्कृति भल्किने विभिन्न प्रस्तुति दिइरहेकी छिन् । उनलाई नेपालीले मात्र नभएर अन्य देशका नागरिकहरुले समेत सपोर्ट गरेको जानकार बताउँछन् ।

यसरी गर्नुस् श्रृखंलालाई भोट
१) मोब्स्टार MobStar नामक एप डाउनलोड गर्ने ।
२) कुनै पनि समाजिक सञ्जाल एकाउन्टबाट लग इन गर्ने ।
३) अंग्रेजीमा Shrinkhala Khatiwada सर्च गर्ने ।
४) निलो थोप्लो भएको प्रोफाइल Shrinkhala लाई फलो गर्ने (आइओएसमा पहेलो थोप्लो) ।
५) प्रोफाइलभित्र गई फोटो, भिडियोलाई देब्रेदेखि दाहिनेतिर स्वाइप गर्ने (औलाले सार्ने) ।
६) कमेन्ट गर्ने । कमेन्ट पनि भोटमा गणना हुन्छ ।
७) जतिसक्दो शेयर गर्ने ।

shrin

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७