‘श्रीमानले बिरामी हुँदा समेत छोडेनन्, पीडा सहन सक्दिनँ, अब छुटिन्छु’


३ मंसिर २०७५, सोमबार
Rape

काठमाडौं, ३ मंसिर । महिलामाथिको यौन शोषणको घटना नेपालमा मात्र होइन संसारभर छ । छिमेकी देश भारतमा पनि महिलामाथिको यौन शोषण अत्यासलाग्दो छ ।

Rape

भारतीय टेलीसिरियल ‘बड़े अच्छे लगते हैं’ की चर्चित अभिनेत्री चाहत खन्नाले आफ्ना श्रीमानले आफूमाथि बारम्बार यौन शोषण गरेको आरोप लगाउँदै छुटिने निर्णय गरेकी छन् । चाहतले श्रीमान फरहान मिर्जाविरुद्ध शारीरिक, मानसिक यातना तथा यौन शोषणको आरोप लगाउँदै डिभोर्सका लागि उजुरी दिएकी हुन् ।

chahat
अभिनेत्री चाहत खन्ना

चाहत र फरहानले सन् २०१३ मा विवाह गरेका थिए । उनीहरूका दुई छोरी समेत छन् । कयौं पटक आफूलाई यौन शोषण गर्नुका साथै शारीरिक, मानसिक यातना दिएकाले नै आफू श्रीमानसँग अलग हुने निर्णयमा पुगेको उनले सञ्चार माध्यमसँग बताएकी छन् ।

उनले फरहानले आफूलाई विरामी भएका बेला समेत सम्बन्ध राख्न दबाब दिने गरेको आरोप लगाएकी छन् । आफूले बच्चाका कारण यो सबै सहँदै आएको र यो घरेलु हिंसाभन्दा पनि माथि भएका कारण छुट्टिने फैसला गरेको बताइन् । उनले भनेकी छन्, ‘यो फैसला मैले रातारात गरेकी होइन् । म कुनै पनि मूल्यमा सम्बन्ध बिच्छेद गर्न चाहन्छु ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७