समुन्द्री किनारमा दिपक-दीपाको सेल्फी


३ मंसिर २०७५, सोमबार
dipak

काठमाडौं, ३ मंसिर । चलचित्र छक्का–पञ्जा ३ को प्रमोशन र प्रदर्शनका लागि अहिले दिपकराज गिरी र दीपाश्री निरौला अष्ट्रेलियामा छन् ।

dipak

उक्त चलचित्र अहिले अष्ट्रेलियामा चलिरहेको छ । अमेरिकामा एक महिना चलचित्र चलेपछि फुरुङ्ग चलचित्र युनिटका केहि सदस्य अहिले अष्ट्रेलियामा चलचित्र सफलताको खुशी मनाइरहेका छन् ।

चलचित्रकी निर्देशक दीपाश्री निरौला, निर्माता तथा कलाकार दीपकराज गिरी, अनुराग कुँवरलगायत अष्ट्रेलिया पुगेका छन् ।

dipa

अष्ट्रेलियामा दीपक र दिपाको जोडीको रोमान्टिक सेल्फीहरु सामाजिक सञ्जालमा छरिएका छन् । समुन्द्री किनारमा पुगेका दीपक र दीपाले रोमान्टिक मुडमा सेल्फी खिचेका छन् ।

यसअघि विभिन्न देशहरुमा चलचित्र प्रदर्शन भए पनि चलचित्र युनिट देश बाहिर भने गएका थिएनन् चलचित्रको प्रदर्शनका लागि उनीहरु पहिलो पटक देश बाहिर पुगेका हुन् । चलचित्र दशैंको घटस्थापनाका दिनदेखि अल नेपाल प्रदर्शनमा आएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७