राजनीतिमा जातजातिलाई भन्दा युवालाई आरक्षण दिनुपर्छ : कोइराला


३ मंसिर २०७५, सोमबार
sasaka kohirala

काठमाडौं, ३ मङ्सिर । नेपाली काङ्ग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाले जातजातिलाई भन्दा युवा पुस्तालाई राजनीतिमा आरक्षण दिइनुपर्नेमा बताएका छन् ।

sasaka kohirala

सुशील कोइराला मेमोरियल फाउन्डेसनले सोमबार आयोजना गरेको ‘म र साहित्य’ विषयक छलफल कार्यक्रममा सञ्चारकर्मीसँग कुरा गर्दैै उनले ६० प्रतिशतभन्दा बढी ४० वर्षमुनिका युवा भए पनि राजनीतिमा उपयुक्त अवसर पाउन नसकेको बताएको हो ।

‘पार्टीमा रक्तसञ्चार गराउन युवालाई अघि सार्नुपर्छ, पुराना नेतासँग अनुभव हुन्छ, अनुभव ग्रहण गर्दै युवा राजनीतिमा सक्रिय हुनुपर्छ ।’ उनले भने, ‘पार्टीको केन्द्रीय समिति, विभाग र अन्य तहमा युवालाई अघि बढाउनुपर्छ ।’ दुई तिहाइ बहुमतको सरकारले ठोस योजना ल्याउन नसकेको उनको आरोप छ । उनले सामाजिक सञ्जालमा भन्दा साहित्यिक कृति पढ्नमा समय दिन युवा, विद्यार्थीलाई आग्रहसमेत गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७