देश टुक्र्याउन खोज्ने सीके राउतमाथि दानी भए डिएसपी दानबहादुर, अरु प्रहरी छक्कै


४ मंसिर २०७५, मंगलवार
Danbahadur Malla Dsp

काठमाडौं, ४ मंसिर । स्वतन्त्र मधेशको नाममा ‘मधेश राष्ट्र’ को माग गर्दै पृथकतावादी आन्दोलन चलाएका सप्तरीका सीके राउत प्रहरी अनुसन्धानको क्रममा महानगरीय प्रहरी वृत्त दरबारमार्गको हिरासतमा छन् ।

Danbahadur Malla Dsp

देश द्रोहीको मुद्दामा राउतमाथि अनुसन्धान भईरहेको छ । देश द्रोही जस्तो जघन्य अपराधमा अनुसन्धान भईरहेको आरोपितलाई दरबारमार्ग प्रहरीले भने ज्वाईसरी पालेको छ ।

सार्वजनिक अपराधका आरोपितलाई भेटघाटमा बन्देज लगाउने प्रहरीले देश द्रोही जस्तो जघन्य अपराधका आरोपितलाई खुलम खुल्ला भिआईपी तरीकाले भेटघाट र घाम ताप्न दिएको छ । वृत्तका प्रमुख डिएसपी दानबहादुर मल्लले हिरासतको सट्टा प्रहरी ईन्सपेक्टरको ब्यारेकमा सुत्ने बातावरण मिलाएका छन् ।

खाना खाने तथा भेटघाट गर्ने र घाम ताप्नको लागि प्रहरी भवनको छतको प्रयोग भईरहेको त्यहाँका एक प्रहरी अधिकृतले बताए । सीके राउत जस्ता देश द्रोहीलाई डिएसपीले मल्लले किन यस्तो सुबिधा दिए भनेर वृत्तका अन्य प्रहरी अधिकृत नै चकित परेका छन् ।

राज्यद्रोहको अभियोगमा उनलाई पर्सामा पक्राउ गरी रौतहटमा म्याद थपिएको थियो । मधेसमा छुट्टै देश बनाउने अभियानमा उनलाई पश्चिमाले सहयोग गरेको आरोप लगाइन्छ ।

लन्डनमा पढेका राउतले अमेरिकामा केही समय काम गरेका थिए । अमेरिकामा काम गर्ने क्रममा मधेसी युवा समेटेर सामान्य रकम मार्फत उनले स्वतन्त्र मधेसका नाममा अभियान थालेका थिए । पछि नेपाल फर्किएर आन्दोलन चर्काउने क्रममा मोरङको रंगेलीमा पक्राउ गरिएका उनको राजनीतिक कद बढ्दै जान थालेको थियो ।

राजनीतिक संक्रमण निम्त्याउनका लागि मधेसमा फरक सभा गरेका उनले मधेसवादी दललाई नै चुनौति दिने गरी दुई महिनाअघि जनकपुरमा मार्चपास गराएका थिए । त्यसपछि प्रहरीले उनको निगरानी बढाएको थियो भने अदालतले पनि छानबिनका लागि पटक–पटक म्याद थपेको थियो । जनप्रहार साप्ताहिकले समाचार छापेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७