नक्कली अध्यक्षको प्रभावमा प्रचण्डदेखि भारतीय राजदूतसम्म


४ मंसिर २०७५, मंगलवार
pritam sing

काठमाडौं, ४ मंसिर । सिख समुदायका धार्मिक गुरु नानकको जन्मदिनको कार्यक्रमलाई विवादमा पार्न लागिएको छ । गुरु नानकको नाममा स्थापित कुपण्डोलको गुरुद्वारालाई प्रितम सिंहले विवादमा ल्याउने काम गरेका हुन् ।

जिल्ला प्रशासन कार्यालय ललितपुरको अभिलेखमा गुरुद्वारा सत्सङ व्यवस्थापन समितिका बैधानिक अध्यक्ष सरदार कर्णेल सिंह हुन् । तर अवैधानिक अध्यक्ष प्रितम सिंहले आफूलाई नै अध्यक्ष भन्दै विदेशबाट आर्थिक सहायता माग्नेदेखि सबै आर्थिक कारोबार आफ्नै ब्यक्तिगत बैंकखाताबाट गर्दैआएका छन् ।

pritam sing
पुष्पकमल दाहाल, प्रितम सिंह र मन्जिवसिंह पुरी


सिंहले मंसिर ७ गते गुरु नानकको जन्मदिनमा आयोजित कार्यक्रममा आफू नै अध्यक्ष भएको भन्दै नेकपाका अध्यक्ष पुष्पकमल दाहालदेखि भारतीय राजदूत मन्जिवसिंह पुरीलाई समेत कार्यक्रममा अध्यक्षकै हैसियतले बोलाएर विवादमा पार्न खोजेका छन् ।

कर्णेल सिंहले आफू बैधानिक गुरुद्वारा सत्संग ब्यवस्थापन समितिको अध्यक्ष भएको बताएका छन् । प्रितम सिंहसँग सोध्दा उनले आफू नै गुरुद्वाराको अध्यक्ष भएको बताए । कर्णेल सिंह बैधानिक अध्यक्ष होइनन् भन्दा उनले उनी मानार्थ अध्यक्ष हुन्, म बैधानिक अध्यक्ष हुँ भने ।

प्रितम सिंह भारतीय नागरिक हुन् । उनीसँग नेपाली नागरिकता नै नभएकाले उनी कानुनतः अध्यक्ष होइनन् । नेपालमा संघसंस्था खोल्न र त्यसको पदाधिकारी हुन नागरिकता अनिवार्य छ । तर अवैधानिक अध्यक्ष प्रितम सिंहले राज्यका निकायलाई नै बेबकुफ बनाउँदै गुरु नानकलाई विवादमा ल्याउने काम गरेका छन् । बैधानिक सत्संग समितिलाई काम गर्न नदिएर जबर्जस्ती गर्दैआएका छन् । बैधानिक अध्यक्ष कर्णेल सिंहको हस्ताक्षर नचल्ने गराएर राखेका छन् ।

बैंक खातामा बैधानिक अध्यक्षको हस्ताक्षर नै नचल्ने गराएका छन् ।  २०३६ मा राजा वीरेन्द्रले नेपालमा भएका सिखहरुलाई नागरिकता दिन खोज्दा प्रितम सिंहले नै रोकेका थिए । उनले सिखहरुलाई नेपाली नागरिकता लिए भारतको सम्पत्ति गुम्नसक्छ भनी तर्साएर रोकेका थिए । सिखहरुलाई नागरिकता लिन रोक्ने प्रितमले पछि आफ्नै छोरा महेन्द्रपाल सिंहको नाममा नागरिकता लिएका थिए ।

छोराको नाममा नागरिकता लिएपछि गुरुद्वाराको रकमबाट बीरगंज र बुटवलमा जग्गा खरिद गरेका थिए । गुरुद्वाराको त्यो जग्गा उनका छोरा महेन्द्रपालले बैंकमा धितो राखी ब्यापार गर्न भनेर कर्जा लिए । पछि कर्जा नतिरेपछि उक्त जग्गा केही बर्षअघि लिलाम भइसकेको छ । गुरुद्वाराको रकमबाट किनेको जग्गाकाको खोजी गर्ने सिख समुदायका मानिसहरुलाई उनले त्यसको साटो अन्यत्र किन्ने भन्दै अलमल्याउँदैआएका छन् ।

तर अहिलेसम्म कही पनि जग्गा किनिएको छैन । गुरुद्वाराको जग्गाका बारेमा सोधीखोजी गर्ने सिखहरुलाई उनले पूर्वएआइजीपी विज्ञानराज शर्मा र वर्तमान आइजीपी सर्वेन्द्र खनालको नाम लिंदै फसाइदिने भनेर तर्साउने गरेको गुनासो एक सिख धर्मावलम्बीले गरे । उनले भने, ‘नाम नलेखिदिनुस्, सिखहरुको आस्थाको धरोहर गुरु नानकका नाममा दसौं करोड रुपैयाँ हिनामिना गरेको छ । यसको खोजी गर्दा उसले(प्रितम)ले गुण्डा लगाउनेदेखि झुटा मुद्दा लगाएर फसाउँछ, हामी पंजाजबाट कामका लागि आउनेहरुलाई नेपालमा उसले जे पनि गर्नसक्छ ।

नेपालबाट सिख समुदायको पलायनको मुख्य कारक प्रितम सिंह हो । तर जो … उसको स्वर भनेजस्तै उनी नै नै सरकारका कारण सिखहरु पलायन भएको अन्तर्वार्ता दिएर साखुल्ले भइरहेका छन् । उनले बीबीसीदेखि विभिन्न संचारमाध्यममा सिख पलायनको दोष सरकारको टाउकोमा थोपर्ने काम गरेका छन् ।


प्रितम सिंहले गुरुद्वाराको भ्रष्टाचारबारे उठेका आवाज गुण्डा र प्रहरी प्रशासनमा पहुँच देखाएर दबाउँदैआए । तर नयाँपुस्तामा पढेलेखेका सिख समुदायले गुरुद्वाराको सम्पत्तिबारे चासो राखेपछि पुरानो संस्था नवीकरण नगरी पुनः अर्को संस्था गुरुद्वारा सत्संग ब्यवस्थापन समिति दर्ता भएको छ ।

त्यो समितिको अध्यक्ष पनि कर्णेल सिंह नै छन् । उनी संस्थापक अध्यक्ष रणवीर चौधरीकै छोरा हुन् । तर बैधानिक अध्यक्ष कर्णेल सिंहलाई धाकधम्की देखाएर काम गर्न नदिई प्रितम सिंहले आफू नै अध्यक्ष भएको भन्दै आएका छन् ।

२०७५ मंसिर ७ मा मनाउन लागिएको गुरु नानक जयन्तीमा तिनै नक्कली अध्यक्ष प्रितम सिंहले नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल र भारतीय राजदूत मन्जिवसिंह पुरीलाई अतिथि बोलाएका छन् । नक्कली अध्यक्षको निम्तामा अध्यक्ष दाहाल र राजदूत पुरीले आउने सहमति दिइसकेका छन् ।


कसरी जन्म्यो गुरुद्वारा ?
४० बर्षअघि गुरुद्वाराका लागि सरदार रणवीरसिंह चौधरीसहितका सिख अगुवाहरुले राणाहरुबाट कुपण्डोलमा जग्गा किनेका थिए । सिखहरुबाट चन्दा उठाएर अरुसँग नेपाली नागरिकता नभएकाले रणवीर चौधरीको नाममा जग्गा पास गरिएको थियो ।

पछिसम्म किस्ता किस्तामा रकम भुक्तानी गरी गुरुद्वाराको जग्गा पास गरिएको थियो । केही बर्ष रणवीरकै नाममा उक्त जग्गा रह्यो । पछि ५ जना सिखहरुले गुरुद्वारा सत्संग समिति दर्ता गरे । रणवीर चौधरी नै अध्यक्ष भएका थिए ।

त्यति नै बेला भारतको जम्मुबाट नेपालमा आएर ट्रक संचालन गर्ने प्रितम सिंहले बीरगंजबाट केही सिखहरु काठमाडौं बोलाई गुरुद्वारामा अनेक बितण्डा सुरु गरे । बृद्ध रणवीर चौधरीलाई तर्साए ।

सबै सिखहरु काम गर्ने तर प्रितम सिंह भने कामै छोडी गुरुद्वारा कब्जा गर्नतिर लागे । जुन जग्गा किन्दा प्रितम सिंहको एक पैसा परेको छैन, उक्त जग्गा आफूले नै किनेको भन्दै उनी नक्कली प्रचारमा लागेको सिखहरु बताउँछन् ।

प्रितम सिंहले संस्था कब्जा गरी २० बर्षसम्म नवीकरण नै गरेनन् । त्यतिबेलासम्मको हिसाबकिताव नै नराखी हिनामिना गरेको आरोप सिंहमाथि छ । विदेशबाट आएको सहयोगदेखि सिखहरुले दिएको दान र चन्दाको करोडौं रकम उनले हिनामिना गरे । २० बर्षसम्मको हिसाबको लेखापरीक्षण नै नगरी हिनामिना गरे ।

यसकाबारेमा बोल्ने सिखहरुलाई उनले गुण्डा लगाउनदेखि प्रहरी प्रशासनमा झुटा मुद्दा लगाउने धम्की दिंदै गुरुद्वारा कब्जा गरेका छन् । २० बर्ष नवीकरण नभएपछि संस्था खारेज भयो । अहिले नयाँ संस्था गठन भइसकेपछि कर्णेल सिंह अध्यक्ष छन् । तर सरासर झुटो कुरा गरेर प्रितम सिंहले अध्यक्षकै हैसियतमा नेकपा अध्यक्ष दाहाल र राजदूत पुरीलाई बोलाएका छन् । नक्कली अध्यक्ष प्रितम सिंहका नाति अंगद सिंहले पनि आफूलाई गुरुद्वाराको प्रमुख भन्ने गरेका छन् ।


प्रितम सिंहमाथि पंजावमा सिख विद्रोह हुँदा भारतबाट आउने सिख उग्रवादीहरुलाई पैसा लिएर तेस्रो देश पठाउने र विदेशबाट फर्किआएका उग्रवादीको सूचना भारतीय दूताबासमा दिने दोहोरो भूमिका खेलेको आरोप पनि लागेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७