अभिनेता विपिन कार्की दुर्घटनामा, अस्पताल भर्ना


४ मंसिर २०७५, मंगलवार
bipin karki

काठमाडौं, ४ मंसिर । चर्चित अभिनेता विपिन कार्की मोटरसाइकल दुर्घटनामा परेका छन् ।

bipin karki

केही दिन अघिदेखि शुरु भएको चलचित्र ‘जात्रै जात्रा’ को छायाकंनमा व्यस्त रहेका विपिन मंगलबार बिहान यही सिनेमाको छायाँकनका लागि बालाजु जाँदै गर्दा कालीमाटीमा दुर्घटनामा परेका हुन् ।

मोटरसाइकलमा सवार कार्कीलाई पछाडिबाट अर्को मोटरसाइकलले ठक्कर दिएपछि दुर्घटना भएको हो । दुर्घटनामा परेका विपिनको दाहिने खुट्टा फ्रयाक्चर भएको छ । अहिले उनको बल्खुस्थित बयोधा हस्पिटलमा भर्ना गरेर उपचार भइरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७