सरुवा इन्कार गर्दै बीरका डाक्टरले दिए राजीनामा


४ मंसिर २०७५, मंगलवार
dr

काठमाडौं, ४ मंसिर । सरकारले खटाएको स्थानमा जानु पर्ने भएपछि वीर अस्पतालका बरिष्ठ न्युरो सर्जन डा. ध्रुवराज अधिकारीले सेवाबाट राजीनामा दिने बाटो रोजेका छन् ।

dr

चाकडी र घुस दिन नसक्दा वीर अस्पताल बाहिर पठाएको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा राजीनामा पत्र बुझाएका हुन् ।

गत मंसिरमा आठौं तहबाट नवौं तहमा बढुवा भएका अधिकारीलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वीर अस्पतालमा दरबन्दी खाली नभएपछि पदस्थापनका लागि गण्डकी अञ्चल अस्पताल पोखरा खटाएको थियो ।

तर, डा. अधिकारी सरकारले खटाएको स्थानमा एक दिन पनि हाजिर नभएको रेकर्ड स्वास्थ्य मन्त्रालयसँग छ ।

मन्त्रालयका कर्मचारी प्रशासन शाखाका सहसचिव जनार्दन गुरागाईका अनुसार अधिकारीले पोखरामा एक दिन पनि हाजिर गरेका छैनन् । वीरमा नवौं तहको दरबन्दी खाली नभएपछि केही समयका लागि अधिकारीलाई पोखरा सरुवा गरिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अधिकारीलाई एक दिन हाजि गरेर आउन भनेको थियो । तर, अधिकारीले अटेर गरेर वीरमै बसेको मन्त्रालयले जनाएको छ । हाजिर हुन पोखरा नगएपछि अधिकारीले एक वर्षको तलव पाएका छैनन् । अहिले वीरमा ९ औं तहको दरबन्दी खाली छ ।

‘मन्त्रालयले बढुवा भएपछि पोखरा पदस्थापन गरेको हो, मैले जान मानिन,’ उनले भने, ‘अहिले पनि कानुनी रुपमा एक दिन हाजिर गरेर आउनुस् काज मिलाउँला भनेको छ तर, मैले नमानेकै हो, एक दिन हाजिर गरेर के हुन्छ ?’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७