हस्तमैथुन मेरा लागि कफी पिए जस्तै : श्वेता


६ मंसिर २०७५, बिहीबार
shweta tripathi 7591 fso8Ag3YkP

काठमाडौं, ६ मंसिर । यौन सिर्जित समस्या धेरै भए पनि यौनका विषयमा मानिस हत्तपत्त मुख खोल्दैनन् । नेपालको सन्दर्भमा त झन यौनको विषयलाई खुलेर बोल्नुको सट्टा झन लुकाइन्छ ।

shweta tripathi 7591 fso8Ag3YkP

समाजको अगुवमा र सचेतनाका माध्यम मानिएका कलाकार पनि यस विषयमा मौन जस्तै हुन्छन् । बलिउड नायिका श्वेता त्रिपाठी मिर्जापुरमा आफ्नो हस्तमैथुनको दृष्यका कारण चर्चामा छिन् । पहिलो पटक यस्तो बोल्ड अवतारमा पर्दामा आइरहेकी श्वेताले सुटिङको अनुभव साझा गरेर सबैलाई चकित तुल्याएकी छिन् ।

उक्त दृष्यबारेको कुराकानीमा उनी भन्छिन्, ‘महिला पुरुषलाई मन पराउँछन् । उनीहरुको पनि यौन आवश्यकता हुन्छ । जब मैले सीन पढें र पूरा ग्राफ बुझेँ तब मलाई आफ्नो सीन बोल्ड पटक्कै लागेन ।’

श्वेताका अनुसार हस्तमैथुनको दृष्य कफी पिउनु जस्तो र साधारण थियो । श्वेताको यो सीन वेब सिरिजमा उनको परिचय दृष्य हो । मिर्जापुरमा श्वेता लाइब्रेरीमा नै हस्तमैथुन गरिरहेको देखिन्छिन । दृष्यमा देखिए अनुसार गोलू गुप्ता (श्वेता) लाइब्रेरीमा बसेर एक किताब पढिरहेकी छिन् ।

यस्तै, गोलुकी दिदी उनलाई खोजिरहेकी छिन् । उनी गोलुलाई कोठाको एउटा कुनामा पसिनाले भिजेको अवस्थामा भेटिन्छिन् । उनले सोध्छिन्, ‘भेटियो पूरा संसारको जानकारी ?’ यसमा गोलु जवाफ दिन्छिन्, ‘पाएँ दिदी, स्वर्गको त पाएँ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७