सवारीधनी लाँदैनन् ब्ल्यु बुक र मार्ग अनुमतिपत्र


६ मंसिर २०७५, बिहीबार
yatayat

काठमाडौं, ६ मंसिर । सडक नियम उल्लंघन गरेर कार्वाहीमा परेका धेरै सवारीधनीले सवारीधनी प्रमाणपत्र (ब्ल्यु बुक) र मार्ग अनुमतिपत्र लैजाने गरेका छैनन् ।

yatayat

एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालय साना ठूला सवारी शाखामा अहिले पनि झण्डै पाँच वर्ष पहिलेदेखिका कागजात बाँकी छन् । झण्डै छ हजार वटा ब्ल्यु बुक र मार्ग अनुमतिपत्रका कागजात अहिले पनि पटके शाखामा छन् ।

पछिल्लो पाँच वर्षयता चारपाङ्ग्रे सवारीको तीन हजार ९६४ वटा कागजात सवारीधनीले लगेका छन् । धेरै समय राखेर मात्रै लिन आउने गरेको शाखामा कार्यरत सनिल श्रेष्ठले बताए । उनले भने, ‘कागजात थुप्रिएर राख्ने ठाउँ नै छैन ।’

साउनदेखि यता ४३१ वटा कागजात सवारीधनीले लगेका छन् । पहिले व्यवसायी संघले कागजात लाने गरेकामा अहिले सवारीधनी आफैँले लान्छन् ।

सडक नियम उल्लंघन गर्दा ट्राफिक प्रहरीले एक हजारसम्म आफैँ चिट काट्ने र त्योभन्दा बढी हुँदा यातायात व्यवस्था कार्यालयमा सिफारिस गर्दछ ।

कार्यालयले तोकिएको जरिवाना रकम तिरेको रसिद हेरेर ती कागजात फिर्ता पठाउने गरेको कार्यालयका प्रमुख वसन्तप्रसाद पन्थीले बताए । उनले भने, ‘यहाँ कागजात किन लिन आउँदैनन् भन्ने हामीलाई थाहा हुँदैन ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७