भाडाका श्रीमानसँग ८ वर्षदेखि मोज गर्दै आमा, सँगै रहेकी छोरीलाई छैन पत्तो


७ मंसिर २०७५, शुक्रबार
bhada

काठमाडौं, ७ मंसिर । बाँच्न पर्छ दुनियाँका हरेक कुरा सुन्न र देख्न पाइन्छ । मानिसको जीवन छोटो छ । छोटो जीवनलाई रमाइलो बनाउन मान्छेले हरेक प्रयास गर्न पछि पर्दैन ।

bhada
सांकेतिक तस्विर

प्रेम, यौन बिनाको जीवन खल्लो हुन्छ धेरैका लागि त्यसैले त प्रेम र रमाइलो यौन जीवनका लागि मान्छेले पर्दा पछाडि हरेक हर्कत गरिरहेका हुन्छन् ।

भनिन्छ पैसाले प्रेम र सम्बन्ध खरिद गर्न सकिन्नँ तर जापानमा प्रेमको आभाष भने खरिद गर्न सकिन्छ । यूइची नामका एक व्यक्तिको व्यवसाय निकै अचम्मको छ –अपरिचितको जीवनमा भाडाको भूमिका निभाउनु ।

३६ वर्षका निकै स्मार्ट देखिने युइची कहिले निकै बेस्ट फ्रेन्ड बन्छन् भने कहिले पिता त कहिले श्रीमान् र कहिले प्रेमी । तर यस्तो भूमिका निभाउन त्यति सजिलो भने छैन यसमा विभिन्न समस्या आइपर्छन् ।

उनको आठ वर्ष पुरानो कम्पनीले फ्यामिली रोमान्स प्रोफेशनल एक्टरलाई भर्ना गर्छ । यी एक्टरहरुले उनीहरुको क्लाइन्टको नीजि जीवनमा कुनै पनि भूमिका निर्वाह गर्छन् । कुनै मुश्किल परिस्थितीका लागि पनि कम्पनीसँग राम्रा एक्टर छन् । यहाँ आठ सय स्टाफ छन् जसमा बच्चादेखि वृद्ध–वृद्धासम्म समावेश छन् ।

युइचीका अनुसार उनको कम्पनीको मद्दतले मानिसहरु आफ्नो जीवनमा भइरहेको अभावलाई पूर्ति गर्न सक्छन् । युइची भन्छन्, ‘म एक एक्ली आमाकी १२ वर्षे छोरीलाई लागि बुवाको भूमिका निभाइरहेको छु । ती बालिकाका पिता थिएनन् त्यसैले उनकी आमाले मलाई भाडामा लिएकी थिइन् । ती बालिकाले मलाई नै उनको पिता ठान्छिन् । यो विगत आठ वर्षदेखि जारी छ ।’

उनलाई वास्तविकता थाहा भयो भने ? यसको उत्तरमा युइची भन्छन्, ‘यसले पक्कै पनि ती बालिकालाई झट्का दिनेछ । तर यदि ग्राहकले वास्तविकता बताउन चाहँदैन भने हामी लामो समयसम्म भूमिका निभाउन सक्छौं ।

youchi
यूइची

यदि छोरीको विवाह भए, त्यसमा पनि म पिताको भूमिका निभाउनेछु र भविष्यमा सायद हजुरबुवाको पनि । त्यसकारण म सधैं ग्राहकलाई ‘यो झुटलाई लामो समयसम्म टिकाउन सक्नुहुन्छ ?’ भनेर सोधिरहन्छु । हाम्रो लागि यो नै सबैभन्दा ठूलो समस्या हो ।’

आवश्यक परे उनी जिन्दगीभर यो भूमिका निभाउने उनी बताउँछन् । यद्यपी, वास्तविकता सार्वजनिक हुने खतरा पनि हुन्छ । कम्पनीको नियम अनुसार एक समयमा एक व्यक्तिको पाँच बढी परिवार हुनुहुँदैन । गोपनियताको कुरा मात्र होइन । ग्राहकले आदर्श श्रीमान् र आदर्श बुवाको माग गर्छन् । भूमिका निभाउन निकै मुश्किल हुने उनी बताउँछन् । एजेन्सी

युइची भन्छन्, ‘म बालिकासँग डिनर जान्छु । थिम पार्क घुम्न जान्छु । चार घण्टाका लागि मैले २० हजार येन (२० हजार रुपैयाँ) पाउँछु । घुम्दा लाग्ने खर्च पनि अलग्गै भुक्तानी हुन्छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७