दरबारमार्गमा पूर्व राजाको पार्टी : ज्ञानेन्द्रको डान्समा कोमल र पारस ताली{फोटो फिचर}
काठमाडौं, ९ मंसिर । पूर्व राजपरिवारका सदस्यहरुले दरबारमार्गको एक रेष्टुरेन्टमा पार्टी गरेका छन् । पूर्वराजा ज्ञानेन्द्र शाह सहितको टोली नारायणहिटी दरबारनजिकै रहेको त्रिसरा रेष्टुरेन्टमा पार्टी गरेर रमाएका हुन् ।
त्रिसरा रेष्टुरेन्टले पूर्व राजा ज्ञानेन्द्रको परिवार रमाइरहेको तस्बिर सार्वजनिक गरेको हो । आफ्नो फेसबुक पेजमा सार्वजनिक गरिएको तस्बिरमा ज्ञानेन्द्रको परिवार निकै दंग मुद्रामा देखिन्छ । ज्ञानेन्द्रले डान्समा श्रीमती कोमल र छोरा पारसले ताली बजाइरहेको दृश्य देख्न सकिन्छ ।
किन गइनन् हिमानी ?
तस्बिरमा बुहारी हिमानी भने देखिएका छैनन् । रेष्टुरेन्ट स्रोतका अनुसार पार्टीमा ज्ञानेन्द्रको परिवारको सबैभन्दा प्रिय सदस्य हिमान अनुपस्थीत थिइन् । ज्ञानेन्द्र आफ्ना छोरा पारससँग निकै दंग मुद्रामा गफ गरीरहेको दृश्य देखिन्छ ।
(हेर्नुहोस् त्रिसरा रेष्टुरेन्टले सार्वजनिक गरेका तस्बिरहरु )