सशस्त्र प्रहरीका ५४ निरीक्षक र १० सहायक निरीक्षक दीक्षित (१५ तस्विरमा दीक्षान्त समारोहको झलक)


९ मंसिर २०७५, आईतवार
13

काठमाडौं, ९ मंसिर । सशस्त्र प्रहरीको ५४ हप्ते आधारभूत तालिमको समापनको अवसरमा आज (आइतबार) दीक्षान्त समारोह आयोजना गरिएको छ ।

13

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ को उपस्थितिमा सशस्त्र प्रहरी बल सि.नं. १२ आधारभूत तालिमबाट ५४ जना निरीक्षक र १० जना सहायक निरीक्षक दीक्षित भएका छन् ।

गृहमन्त्री रामबहादुर थापा बादलले दीक्षित सबै सशस्त्र प्रहरीलाई शुभकामना व्यक्त गर्दै सिकेको सीप आफ्नो कार्य क्षेत्रमा सदुपयोग गरी देश र जनताको सुरक्षामा लगाउन आग्रह गरेका थिए । यस्तै उनले दीक्षित सबैलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरेका थिए ।

सो अवसरमा सशस्त्र प्रहरीले कवाज प्रदर्शन गरेको थियो । दीक्षान्त समारोहमा सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले ५४ हप्ताको यो प्रशिक्षणमा सिकेका ज्ञान सीपले दीक्षित सबैलाई कार्यक्षेत्रमा काम लाग्ने बताउँदै सफलताको शुभकामना व्यक्त गरेका थिए । 

तस्विरहरु : रासस

1 5
2 4
3 2
4 1
5
6
7
8
9
10 1
11 1
12
14
15

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७