गर्भवती महिला चढेको लिफ्ट ८४ तला खसेपछि…


१० मंसिर २०७५, सोमबार
garva
सांकेतिक तस्वीर

काठमाडौं, १० मंसिर । अमेरिकी शहर सिकागोमा ८४ तलासम्म लिफ्ट खस्दा समेत त्यहाँ चढेका मानिसहरु बाँच्न सफल भएका छन् ।

garva

गर्भवती एक महिलासहित सबै छ जना लिफ्ट चढेका मानिसहरु बाँच्न सफल भएको बीबीसीले जनाएको छ । उनीहरुलाई सामान्य चोटमात्र लागेको जनाइएको छ ।

शुक्रबार बिहान जोन ह्यानकक सेन्टरको ९५ औं तलामा पुगेको लिफ्ट खसेर ११ औं तलामा पुगेको थियो । लिफ्ट खस्दाखस्दै एमर्जेन्सी टोलीलाई खबर गरिएपछि लिफ्ट भुँइमा बजारिन नपुग्दा उनीहरुको ज्यान जोगिएको हो । उक्त भवन सय तलाको रहेको छ ।

lift

यस घटनामा आफ्नो ज्यान झण्डै गएको ५० वर्षिया जेमी मोन्टीमेयरले बताए । उनीसँगै उनका श्रीमती समेत सोहि लिफ्टमा थिए । शुरुमा विस्तारै तल झरेको आभाष हुँदाहुँदै लिफ्ट एक्कासी तिव्र गतिमा तल खसेको मोन्टीमेयरले बताए ।

get img 1 1

अधिकारीहरुले लिफ्टको डोरी सुख्खा भएका कारण उक्त दुर्घटना भएको बताएका छन् । यस घटनाबारे अझै अनुसन्धान भइरहेको छ । ह्यानकक सेन्टर सिकाकोको चौथौं अग्लो गगनचुम्बी भवन हो । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७