मेक्सिकोबाट अमेरिका छिर्न खोज्नेमाथि अश्रुग्याँस


१० मंसिर २०७५, सोमबार
USA MEXSICO BORDER TENSION 1 20181126080948

काठमाडौं, १० मंसिर । स्यान डिएगोमा अमेरिका–मेक्सिकोबीच सबैभन्दा ठूलो सीमा चौकी नजिक आप्रवासीफ र सुरक्षाबलबीच झडप भएको छ ।

USA MEXSICO BORDER TENSION 1 20181126080948

यो सीमा खुलेलगत्तै मेक्सिकोबाट ठूलो संख्यामा अवैध आप्रवासी अमेरिका छिर्न लागेका थिए । जब सीमा चौकीबाट आप्रवासीलाई बाटो दिइएन तब उनीहरु नजिकैको एक सुख्खा नहरबाट अमेरिका पस्न खोजे ।
त्यसपछि अवस्थालाई नियन्त्रणमा लिन ट्रम्प प्रशासनको निर्देशनका आधारमा सुरक्षाबलले त्यहाँ अश्रुग्याँस बर्सायो । प्रवासीहरुमा धेरैजसो महिला र बालबालिका थिए । घटनापछि पाँच घण्टासम्म सीमालाई बन्द राखिएको थियो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले केही दिनअघि अमेरिकामा कानुनी रित पु¥याएर आउने आप्रवासीलाई मात्रै प्रवेश गर्न दिने बताएका थिए । मानवाधिकार संगठनले ९ नोभेम्बरमा ट्रम्पको यस निर्णयविरुद्ध अदालतमा रिट हालेका थिए । सान फ्रान्सिस्को जिल्ला अदालतले ट्रम्पको निर्णयलाई उल्ट्याई दिएको थियो ।

३१ सय ४० मिटर लामो सीमा

अमेरिका र मेक्सिकोबीचको सीमा ३,१४० किलोमिटर लामो छ । १,१०० किलोमिटर क्षेत्रमा अहिले पनि बार लगाइएको छ । ट्रम्प यस सीमामा १२ देखि २० अर्ब डलर लगानीमा सिमेन्टको अग्लो पर्खाल लगाउन चाहन्छन् । यो पर्खालमार्फत् अवैध आप्रवासीलाई रोक्ने उनको योजना छ ।

आप्रवासी हिंसक

मेक्सिकोको गृह मन्त्रालयले मानिसहरु हिंसकरुपमा अमेरिका छिर्न खोजेको स्वीकारेको छ । गृह मन्त्रालयले तिनीहरुको पहिचान गरेर डिपोर्ट गर्ने तयारी भइरहेको जनाएको छ । तिजुआनास्थित मेयरको कार्यालयले पनि केही मानिसको यस्तो गतिविधिकै कारण अमेरिकासँगको सम्बन्ध बिग्रन नदिने जनाएको छ ।

USA MEXSICO BORDER TENSION 20181126080947

अमेरिकामा अहिले पनि मेक्सिकोबाट छिरेका ६० लाख अवैध प्रवासी बसेका छन् । अमेरिकामा अवैधरूपमा पसेका आप्रवासीमा ९० प्रतिशत मेक्सिकन् नागरिक नै छन् ।

ट्रम्पको चेतावनी

अदालती आदेशपछि ट्रम्पले यदि मेक्सिकोबाट आउने आप्रवासीको संख्या नियन्त्रण भन्दा बाहिर गएको अवस्थामा सीमालाई पुरै बन्द गरिदिएर आप्रवासीमाथि कारबाही थाल्ने बताएका थिए ।
ट्रम्पको भनाइको विरोध

आप्रवासीमाथि क्षति पुर्‍याउने ट्रम्पको यो भनाइको मेक्सिकोमा विरोध शुरु भएको थियो । मेक्सिकोमा प्रदर्शनमा उत्रिएका करिब ५ सय आप्रवासीहरु सान डिएगोको सीमामा पुगेर अमेरिकामा छिर्ने कोशिश गरेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७