ल्याण्ड गर्ने बेला पाइलट नै निदाएपछि…


१२ मंसिर २०७५, बुधबार
1543382022

काठमाडौं, १२ मंसिर । गाडीका चालक एक सेकेण्ड निदाउँदा भयानक दुर्घटना भएका खबर हामीले धेरै सुनेका, देखेका र भोगेका छौं ।

अझ वेग गतिमा उडिरहेको जहाजका पाइलट निदाए भने के होला ? यो कल्पना पनि गर्न सकिंदैन । तर, अस्ट्रेलियामा एक विमानका पाइलटनै निदाएर विमान गन्तव्य भन्दा ४६ किलो मिटर पर पुगेको छ ।

1543382022

यो घटना ८ नोभेम्बरको हो । उक्त दिन चार्टर्ड वेटेक्स एयर फ्लानइटमा यो घटना भएको हो । उक्त समयमा विमान तस्मानियको किङ आइल्यान्डबाट डेभनपोर्टतर्फ आइरहेको थियो । उक्त विमान किङ आइलाइन्डका पाइपर पीए–३१ थियो ।

यद्यपि उक्त विमानमा केबल पाइलट मात्रै थिए । यो विषयमा अस्ट्रेलियको यातायात सुरक्षा विभागले जाँच गरिरहेको छ । विभागका अनुसार यो मामिलालाई लिएर पाइलटसँग सवाल–जवाफ गरिनेछ र वेटेक्स एयर प्रोसिजरको पनि समीक्षा हुनेछ ।

फ्लाइट ट्रेकिङका अनुसार उक्त विमानले ४६ किलोटिर बढीको दुरी तय गरेर फ्लाइट किङ आइल्यान्ड विमानस्थलमा विहान ६ः२१ बजे सुरक्षित अवतरण भएको थियो ।

यो विमानको यात्रु क्षमता ५ देखि ७ रहेको छ । यो ट्वीन इन्जिन विमानको क्रुजिङ गती लगभग ३८० किलोमिटर प्रति घन्टा तथा १९०० किमी रहेको छ ।

जाँचकर्ताहरुले यसलाई गम्भिर घटना भएको बताएका छन् । उनीहरुले अन्तिम रिपोर्टपूर्व प्रमाण एकत्रित गर्ने बताएका छन् । रिपोर्ट जाँचको अन्त्यमा जारी गरिने र २०१९ को मार्च सम्ममा आउने बताइएको छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७