के छ, सिके राउतको बहुचर्चित पेनड्राइभमा ?


१२ मंसिर २०७५, बुधबार
dr ck raut 2015s 02022017043033


काठमाडौं, १२ मंसिर, राज्यविरुद्ध अपराध गरेको आरोपमा रौतहट कारागारमा रहेका सिके राउतलाई थुनामै पठाउने या रिहा गर्ने भन्ने निक्र्याेलमा पुग्नुअघि यस प्रकरणको पेनड्राइभ झिकाउन सर्वोच्च अदालतले आदेश दिएको छ । के छ त्यसमा ? कौतुहलताको विषय बन्ने नै भयो ।

dr ck raut 2015s 1


नौ वटा फोल्डर रहेको पेनड्राइभमा ४ वटा भिडियो छन् भने ५ वटा तस्बिर समावेश छ । जहाँ मधेस स्वराज संक्षिप्त रोडम्याप शीर्षकमा तीन वटा भिडियो छन् । पहिलो ५ मिनेट ३३ सेकेण्ड, दोस्रो भाग ३८ मिनेट १२ सेकेण्ड लामो र तेस्रो भाग १ घण्टा ३० मिनेट ४२ सेकेण्डको छ ।

उनले अलग्गै मधेश राज्यको छुट्टै झण्डा र २ मिनेट १५ सेकेण्ड लामो राष्ट्रिय गानसमेत तयार पारेको प्रमाण त्यसैमा छ ।  उनको भिडियो अभिव्यक्ति मधेसी जनतालाई केन्द्रीय सरकारमाथि जाइलाग्न भड्काउने प्रकारको छ ।

भिडियोको सुरुमै राउतले सुनेका कुरा खुला दिमागले सोच्न आग्रह गरेका छन् । आफ्ना अभिव्यक्तिलाई अमृतवचन भन्दै उनले त्यो सुन्नेले दिमागमा जमेको पुरानो विचार (जसलाई डब्बामा बिग्रिएको अचारको ) संज्ञा दिइएको छ ।

जसलाई फालेर अमृत राख्नका लागि ढक्कन खोल्न आग्रह गरिएको छ । भनेका छन्, ‘हाम्रो हात नेपाली फिरंगीले बाँधिदिएको छ । तसर्थ आजादी ल्याउनका लागि सबैभन्दा पहिला हात खोल्नुपर्छ ।’

केन्द्रीय सरकारले मधेसका जनकपुर, विराटनगर, वीरगञ्जजस्ता नाकाबाट राजस्व उठाउने तर त्यो राजस्व हामीलाई नदिने ? राजस्व उठाउने हामी, प्रयोग गर्ने नेपालीले ?’ नेपालीले मधेसका मालपोेत, साधन स्रोत, जंगल सबै लिएर गइरहेको तर मधेसीले प्रयोग गर्न नपाएको भिडियोमा सुन्न पाइन्छ । उनले मधेश स्वतन्त्र बनाउन फिरंगी सेनालाई मधेसबाट फिर्ता गराउनुपर्नेसमेत बताएका छन् । भनेका छन्, ‘९५ प्रतिशत सेना मधेसबाहिरबाट आएका फिरंगी हुन् ।

जबसम्म तिनलाई फर्काएर मधेसीलाई नै सेना बनाउन सकिन्न तबसम्म जतिसुकै नयाँ संविधानको कुनै मतलव हुँदैन । मधेस स्वतन्त्र बन्न आफ्नै सेना चाहिने उनको अभिव्यक्ति सो भिडियोमा छ ।

सात वर्षको अवधिमा ६ प्रतिशतबाट ३६ प्रतिशत पहाडी मधेस झरेको र कब्जा जमाउँदै गएको हुँदा पहाडियालाई तराई झर्नबाट नरोके मधेसी आफ्नै भूमिमा शरणार्थी बनेर जिउन बाध्य हुनुपर्ने अभिव्यक्तिसमेत भिडियोमा सुन्न पाइन्छ । राउतले मधेस सरकार नभई स्वतन्त्र मधेस आन्दोलन पूरा नहुने बताएका छन् ।

त्यसका लागि १० लाख मधेसी जनता एकीकृत हुने, नेपालका संसद्मा जति पनि मधेसी सांसद चुनिएका छन् उनीहरूलाई राजीनामा गर्न लगाएर मधेस सरकारको आफ्नो छुट्टै निर्वाचन गर्न लगाउने र स्वतन्त्र मधेस सरकारको घोषणा गर्नेसम्मको उनको योजना समावेश छ पेनड्राइभमा ।
– जनआस्था साप्ताहिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७