१२६ घण्टा नाचेर नेपाली चेली बन्दनाले बनाइन् विश्व रेकर्ड, नेता नेपालले दिए वधाई


१२ मंसिर २०७५, बुधबार
bandana

काठमाडौं, १२ मंसिर । धनकुटाकी बन्दना नेपालले लगातार १२६ घण्टा नाचेर विश्व रेकर्ड रचेकी छन् ।

bandana

धनकुटाको महालक्ष्मी नगरपालिका–९ की बन्दनाले शास्त्रीय संगीतमा नृत्य गरेर यो रेकर्ड कायम गरेकी हुन् । उनीको यो कीर्ति गिनिज बुक अफ वर्ल्ड रेकर्डमा दर्ज भएको छ । उनले शुक्रबार बिहान ७ बजेदेखि बुधबार १२ बजेर १६ मिनेटसम्म निरन्तर नृत्य गरेकी थिइन् । गिनिज बुक अफ
वर्ल्डका प्रतिनिधिहरुले प्रत्येक घण्टामा ५ मिनेट पानी खाना र शौचालय जाने सुविधा दिएका थिए ।

नृत्य गर्दा गर्दै उनले खाना पनि खाने गरेकी थिइन् । १७ वर्षीया किशोरी बन्दना काठमाडौंको चेल्सी स्कुल कक्षा १२ मा अध्यापन गराउँदै आएकी छन् । काठमाडौंको बत्तीसपुतलीस्थित बिग पार्टी प्यालेसमा उनले नृत्य गरेकी थिइन् । 

विश्वभरका ब्यक्तिले नाचेर बनाएको रेकर्डलाई उनले तोडेकी छिन् । विश्व रेकर्ड बनाएकी बन्दनालाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधव नेपाल बत्तीसपुतलीको बिग पार्टी प्यालेस पुगेर वधाई तथा शुभकामना दिएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७