कम्बोडियाका प्रधानमन्त्री सेन काठमाडौंमा, रक्षामन्त्री पोखरेलले गरे स्वागत


१३ मंसिर २०७५, बिहीबार
hu sen

काठमाडौं, १३ मंसिर । कम्बोडियाली प्रधानमन्त्री हुन सेन काठमाडौं ओर्लिएका छन् । भोलिदेखि शुरु हुने ‘एसिया प्यासिफिक समिट–२०१८’मा सहभागी हुन उनी विहीबार काठमाडौं आइपुगेका हुन् ।

hu sen

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सरकारका उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले उनलाई स्वागत गरेका छन् ।

त्रिभुवन विमानस्थलमा अवतरण गरे लगत्तै उनी सोल्टी होटलतिर लागेका छन् । हेलिकप्टरसहितको विशेष सुरक्षा सहित उनलाई विशिष्ठ पाहुन बस्ने व्यवस्था मिलाइएको सोल्टी होटल लगिएको हो ।

अन्य मुलुकका पाहुनापनि आज र भोली काठमाडौं आउदै छन् । ‘एसिया प्यासिफिक समिट–२०१८’मा चार दर्जनभन्दा बढी मुलुकका राजनीतिज्ञ आउने भएका छन् । मसिंर १३ र १४ गते सम्मेलन हुँदैछ ।

विभिन्न मुलुकका बहालवाला र पूर्व पदाधिकारी (राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, विदेश मन्त्री, सभामुख) सहित विभिन्न संघसंस्थाका प्रतिनिधि आउने बताइएको छ ।

यो सम्मेलन नेपाल सरकार, प्रतिनिधि सभा, युनिभर्सल पिस फेडरेसन (यूपीएफ), नेसनल कन्फेरेन्स अफ एसियन पोलिटिकल पार्टीज् (आईक्याप) र इन्टरनेसनल एसोसियसन अफ पार्लियामेन्टेरियन फर पिस (आईएपीपी) को सहकार्यमा हुँदैछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७