हाँस्दै नाचिरहेकी बालिकाको स्टेजमै मृत्यु (लाइभ भिडियोसहित)


१३ मंसिर २०७५, बिहीबार
kandivali mumbai5993

काठमाडौं, १३ मंसिर । मान्छेको मृत्यु पनि अनौठो हुन्छ । हाँसीरहेको मान्छेले एकैछिन्मा रुवाएर संसारबाट विदा हुने । एक नृत्य प्रतियोगितामा जीतको उद्देश्यसहित स्टेजमा उत्रिएकी १३ वर्षकी बालिका मृत्युसँग हारिन् ।

kandivali mumbai5993

भारतीय जनता पार्टीले आयोजना गरेको एक प्रतियोगितामा ती बालिका चर्चित डान्सर सपना चौधरीको गीतमा नाच्नको लागि गएकी थिइन् । नृत्यकै क्रममा उनी अचानक जमिनमा ढलिन् र उनको मृत्यु भयो ।

उनको मृत्यु भएको यो सबै घटना क्यामेरामा रेकर्ड भएको छ । त्यहाँ उपस्थित दर्शकले उनको नृत्यको भिडियो बनाइरहेका थिए । संयोगले उनको मृत्यु पनि भिडियोमा रेकर्ड भएको हो । अहिले भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

भिडियोमा डान्स गरिरहेकी बालिका एक्कासी रोकिन्छिन् । लगत्तै उनी जमिनमा ढल्छिन् । भारतीय मिडियाहरुले लेखेअनुसार सुरुमा त्यहाँ भएका दर्शकहरुले उनी बेहोस भएको सम्झेका थिए । उनलाई तत्काल अस्पताल लिएर गएकोमा डाक्टरले उनलाई मृत घोषित गरिदिए ।

ती बालिकाको नाम अनिशा शर्मा भएको बताइएको छ । उनी तेस्रो क्रमकी प्रतियोगी थिइन् । डाक्टरले उनको मृत्युको कारण तीव्र गतिको हर्ट एट्याक भएको बताएका छन् जसका कारण उनको तत्कालै मृत्यु भयो । एजेन्सी
हेर्नुहोस् लाइभ भिडियो

https://www.youtube.com/watch?v=_ChF3cM0eTE

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७