सामाजिक सञ्जालले ल्याउँदै फाटो, पुरुष पनि सम्बन्धविच्छेदका लागि अदालतमा


१४ मंसिर २०७५, शुक्रबार
Mobile Internet 1
सांकेतिक तस्वीर

दार्चुला, १४ मंसिर । नयाँ मुलुकी संहिता लागू भएपछि दार्चुला जिल्ला अदालतमा नयाँ प्रकृतिका मुद्दा दर्ता हुन थालेका छन् ।

Mobile Internet 1

उक्त अदालतका अनुसार जिल्लामै पहिलोपटक पुरुषद्वारा सम्बन्धविच्छेदका लागि मुद्दा दर्ता भएको र यो महिना चार पुरुषले यस्ता मुद्दा मुद्दा दर्ता गराएको डिठ्ठा लक्ष्मीदत्त पन्तले जानकारी दिए ।

यस्तो मुद्दा दर्ता गराउनेमा वैदेशिक रोजगारीबाट घर फर्किएका तीन एक काठमाडौँमा गैरसरकारी संस्थामा कार्यरत पुरुष छन् । मुद्दा दर्ता गराउनेमा महाकाली नगरपालिकाका दुई, मालिकार्जुन गाउँपालिकाका एक तथा दुहुँ गाउँपालिकाका एक पुरुष रहेको अदालतले जनाएको छ ।

जिल्लाका अधिकांश पुरुष वैदेशिक रोजगारीमा जाने गर्छन् । पति वैदेशिक रोजगारीमा गएपछि पत्नी भने बालबच्चा पढाउन भन्दै सदरमुकाममा बस्ने र बजारको रहनसहनले परिवर्तन खोज्ने हुँदा पतिले कमाएको रकमले नपुगेपछि विकल्प खोज्दै गएपछि अन्तमा दुवैबीच सम्बन्धविच्छेदको अवस्थासम्म आइपुग्छ ।

मुलुकी संहिताको परिच्छेद ३ को धारा ९४ मा पतिले पनि सम्बन्धविच्छेद गर्न सक्ने प्रावधान भएकाले पुरुषले पनि मुद्दा दर्ता गराएका हुन् ।

नयाँ संहिता लागू भएपछि जिल्ला अदालतमा सम्बन्धविच्छेदको लागि मुद्दा दिनेको सङ्ख्या पनि बढेको छ । गत आवमा १४ थान सम्बन्धविच्छेदका मुद्दा परेकामा यस आवको भदौयता मात्रै १२ थान यस्ता मुद्दा दर्ता भएको डिठ्ठा पन्त बताउँछन् ।

पति र पत्नीबीच हुने सम्बन्धविच्छेदका कारण तिनीहरुका बालबालिकामा समस्या हुने गरेको छ । आमाबुबाले सम्बन्धविच्छेद गर्दा साना बालबच्चामा मानसिक असर पर्ने गरेको जिल्ला वार एशोसिएशनका अधिवक्ता धीरेन्द्र साउद बताउँछन् ।

महिला अधिकारकर्मी गौरी बडाल सम्बन्धविच्छेद हुनुमा महिला पुरुष दुवैमा विश्वासको वातावरण बन्न नसक्नु रहेको बताउँछिन् । दुबै जना कामको सिलसिलामा अलग बस्दैमा अविश्वास उत्पन्न हुने हैन तर दुवैले एक अर्काप्रति विश्वास जगाउन नसक्नु समस्या हो । पछिल्लो समय सामाजिक सञ्जाल, मोबाइल, इन्टरनेट जस्ता कारणले सम्बन्धविच्छेका घटना बढी देखिएको उनको भनाइ छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७