काबुलमा नेपालीमाथि आक्रमण, ११ घाइते


१४ मंसिर २०७५, शुक्रबार
kabul

काठमाडौं १४ मंसिर । अफगानिस्तानको राजधानी काबुलमा आक्रमण पिरी ११ नेपाली घाइते भएका छन् । बुधवार भएको आक्रमणमा १६ मध्ये ११ नेपाली घाइते भएको पुष्टि भएका छन् । भने, ५ बेलायती रहेको बीबीसीले बताएको छ ।

kabul
फाइल तस्बिर

ब्रिटिस सुरक्षासम्बन्धी कम्पनी जीफोरमा कार्यरत रहेको नेपाली घाइते भएको अफगानिस्तानको आन्तरिक मामिला मन्त्रालयले बताएको छ । तर, घाइते हुने सबैको परिचय खुलिन सकेको छैन । बुधवार भएको कार बम विस्फोटमा पाँच सशस्त्र आक्रमणकारीहरू जीफोरएस परिसरमा प्रवेश गरेर अन्धाधुन्ध गोली बर्साएका थिए ।

दुवै पक्षबिच गोली हानाहान हुँदा १६ जना घाइते भएको हो । उक्त घटनाको समयमा जीफोरएस परिसरमा ३ सय ३० व्यक्ति रहेका थिए । ती सबै विदेशी नगरी रहेका थिए । आक्रमणको जिम्मा तालिवानले लिएको छ । जीफोरएस विश्वकै सबैभन्दा ठुलो सुरक्षा कम्पनी हो । नेपाल सरकारले अफगानिस्तानका लागि रोजगारीमा नखुलाए पनि त्यहाँ धेरै नेपाली कार्यरत रहेका छन् । पाकिस्तानमा पहिले पनि आक्रमणमा परी १२ नेपालीले ज्यान गुमाएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७