राष्ट्रपति भण्डारी र सुकीबीच भेटवार्ता, दुई पक्षीय हितमा छलफल


१४ मंसिर २०७५, शुक्रबार
suki 1

काठमाडौं, १४ मंसिर । राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपालको औपचारिक भ्रमणमा रहेकी म्यान्माका स्टेट काउन्सिलर आङ सान सुकीले भेटवार्ता गरेका छन् ।

suki 1
राष्ट्रपति विद्यादेवी भण्डारीसँग राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार शिष्टाचार भेट गर्दै म्यानमारका स्टेट काउन्सिलर आङ सान सुकी । तस्बिरः  रासस

राष्ट्रपति कार्यालय शीतल निवासमा आज बिहान भएको सो भेटमा द्विपक्षीय आपसी हितका विविध विषयमा कुराकानी भएको थियो । भेटवार्तामा राष्ट्रपति कार्यालय एवं परराष्ट्र मन्त्रालयका उच्च अधिकृतको सहभागिता रहेको थियो ।

एशिया प्रशान्त शिखर सम्मेलनमा भाग लिने सिलसिलामा प्रधानमन्त्री केपी शर्मा ओलीको निमन्त्रणामा नेपालको औपचारिक भ्रमणका लागि काउन्सिलर सुकी बिहीबार बिहान काठमाडौँ आईपुगेकी हुन् । सो सम्मेलन आगामी शनिबार आयोजना हुँदैछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७