१० तस्विरमा कम्बोडियाली प्रधानमन्त्री हुन सेनको पाटन क्षेत्रको दर्शन


१४ मंसिर २०७५, शुक्रबार
photo digign

ललितपुर, १४ मंसिर । कम्बोडियाका प्रधानमन्त्री हुन सेनले पाटन दरबार क्षेत्रको भ्रमण गरेका छन् ।

photo digign

एशिया प्रशान्त शिखर सम्मेलनमा भाग लिन आएका उनीसँगै झण्डै ६० जनाको कम्बोडियाली प्रतिनिधिमण्डलले पाटन दरबार क्षेत्रको भ्रमण गरेको ललितपुर महानगरपालिकाले जनाएको छ ।

बिहान मङ्गलबजार पुगेका प्रधानमन्त्री हुन सेनले झण्डै एक घण्टा पाटन दरबार क्षेत्रमा रहेका सांस्कृतिक र ऐतिहासिक स्मारकको अवलोकन गरेका छन् । उनले हिरण्यवर्ण महाविहारमा पूजा समेत गरेका छन् ।

प्रधानमन्त्री सेनको स्वागतका लागि महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन, उपप्रमुख गीता सत्याल, विभिन्न वडाका पदाधिकारीलगायत उपस्थित थिए । महानगरपालिका प्रमुख महर्जनले कम्बोडियाका प्रधानमन्त्रीले गरेको भ्रमणले यस क्षेत्रको प्रचार प्रसारमा सघाउ पुग्ने विश्वास व्यक्त गरे ।

उनले भने, ‘यहाँ आउनु भएका विशिष्ट पाहुनाले सम्पदाका बारेमा केही जानेर अरुलाई केही बुझाउनु हुनेछ ।’ प्रधानमन्त्री सेनले यहाँका सम्पदाका बारेमा उत्सुकतापूर्वक जानकारी लिएको प्रमुख महर्जनले जानकारी दिए ।

10 2
4 3
1 8
2 6
3 4
5 1
6 1
7 1
8 1
9 1

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७