प्रियंका चोपडाले बनाएको नेपाली चलचित्र ‘पाहुना’ को गीत सार्वजनिक (भिडियो)


१४ मंसिर २०७५, शुक्रबार
pahuna

काठमाडौं, १४ मंसिर । बलिउडकी चर्चित अभिनेत्री प्रियंका चोपडाले बनाएको नेपाली चलचत्रि ‘पाहुना : द लिटिल भिजिटर्स’ को नयाँ गीत सार्वजनिक भएको छ ।

pahuna

‘सानो नौलो संसार’ बोलको गीत नेपाली भाषामा तयार पारिएको छ भने, अंग्रेजी सबटाइटल राखिएको छ । यो गीत इन्टरनेटबाट रिलिज भएको हो ।

पियूष नेपाल र अभिव्यन्जना रुवी थतालको स्वर रहेको गीतमा सागर देसाइले संगीत भरेका छन् । पियूष नेपाल र प्रयास नेपालले गीत लेखेका हुन् । पाखी ए टायरवाला निर्देशित फिल्म ७ डिसेम्बर, २०१८ अर्थात मंसिर २१ मा रिलिज हुँदैछ ।

चलचित्रलाई प्रियंका र उनकी आमा मधु चोपडाको ब्यानर पर्पल पेबल पिक्चर्सले निर्माण गरेको हो । फिल्ममा नेपालमा माओवादी आन्दोलनबाट बाँचेर सिक्किम पुगेका तीन बालबालिकाको कथालाई प्रस्तुत गरिएको छ । बाल कलाकार इसिका गुरुङ र अनमोल लिम्बुको सिनेमाको मुख्य भूमिकामा छन् ।
हेर्नुस् भिडियो

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७