१० मा पढ्ने किशोरसँग एक छोरीको आमाको चर्तिकला, किशोरको आमाले चाल पाएपछि परिन् फन्दामा


१४ मंसिर २०७५, शुक्रबार
sex 2

काठमाडौं, १४ मंसिर । मान्छेलाई प्रेम गर्न उमेर वाधक बन्दैन । यस्तै उदाहरण पेस गरेकी छन् एक प्रौढ महिलाले । कक्षा १० मा पढ्दै गरेको १७ वर्षीय किशोरको प्रेम र रोमान्समा परेकी एक प्रौढ महिलाको चर्चिकताको पोल खुलेपछि अहिले उनी प्रहरी चौकी पुग्नु परेको छ ।

sex 2

मुम्बइमा एक महिलालाई १७ वर्षीय किशोरसँग यौन दुव्र्यवहार गरेको भन्दै प्रहरीले पक्राउ गरेको छ । छोरा उमेरको किशोरसँग नियमित यौन सम्पर्क गरेको भन्दै किशोरकी आमाले महिलाबारे प्रहरीमा उजुरी दिएपछि ती महिला पक्राउ परेकी हुन् ।

समाचारका अनुसार ती महिलाले गत वर्ष किशोरसँग विवाह भएको दावी गरेकी छन् । उनले आफू र किशोरबीच सहमतिमै विवाह भएको र सहमतिमै शारीरिक सम्बन्ध हुँदै आएको समेत बताएकी छन् । उनी पाँच महिनाकी बालिकाकी आमा हुन् ।

उक्त घटनामा प्रहरीले किशोरकी आमाले दिएको उजुरीका आधारमा मुद्दा दर्ता गरेको बताएको छ । जसमा किशोरकी आमाले ती महिलाले आफ्नो छोरासँग यौन दुव्र्यवहार गरेको र फसाएको समेत आरोप लगाएकी छन् ।

किशोरकी आमाका अनुसार ती महिला परिवारका साथमा आफ्नो घरमा आएर छोरासँग विवाहका लागि कर गर्न थालिन् । आफूहरुले विवाह नहुने भनेपछि उल्टै आत्महत्या गर्ने धम्की दिइन् ।

ती महिलाले यसअघि दुई पटक विवाह गरिसकेकी र डिभोर्स पनि दिइसकेको किशोरकी आमाको दावी छ । ती महिलाले दिएको मानसिक दवावकै कारण आफ्नो छोरा १० कक्षामा असफल भएको किशोरकी आमाले बताइन् ।

किशोरसँग बस्न नदिएपछि ती महिलाले क्षतिपूर्तिका लागि अदालतमा मुद्दा दायर समेत गरेकी छन् । भारतमा केटाको २१ वर्ष र केटीको १८ वर्ष मुनि विवाह भएमा यस्तो विवाहलाई कानुनी मान्यता छैन । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७