अनमोल र बेनिशा बने उत्कृष्ट नायक-नायिका (यस्तो छ अवार्ड पाउनेहरुको सूची)


१६ मंसिर २०७५, आईतवार
Anamol kc

काठमाडौं, १६ मंसिर । कामना फिल्म अवार्डको चौथो संस्करणमा वर्षको उत्कृष्ट नायकमा अनमोल केसी र नायिकामा बेनिशा हमाल घोषित भएका छन् ।

Anamol kc

अनमोलले ‘कृ’ फिल्मबाट उत्कृष्ट अभिनेताको अवार्ड हात पार्द बेनिशालाई फिल्म ‘ब्लाइन्ड रक्स’ ले उत्कृष्ट अभिनेत्रीको अवार्ड दिलाएको छ ।

सानेपास्थित हेरिटेज गार्डेनमा आयोजित अवार्ड समारोहमा गत बर्ष प्रर्दशित चलचित्र ‘लिलिबिली’ ले सर्वाधिक पाँच विधाको अवार्ड हात पारेको छ ।

प्रतिष्पर्धात्मक २६ सहित कुल ३४ विधामा प्रदान गरिएको अवार्ड कार्यक्रममा फिल्म ‘लिलिबिलि’ ले सर्वोत्कृष्ट फिल्म, निर्देशक, नवअभिनेत्री, पाश्र्वसंगीत र ध्वनी मिश्रण अवार्ड हात पारेको छ ।

नव निर्देशक तर्फको अवार्ड भन्ने निर्देशक संचारकर्मी दिपेन्द्र लामाले पाए । त्यसैगरि फिल्म ‘ग्याङस्टर ब्लुज’ बाट आशिरमान देशराज जोशी र फिल्म ‘लिलिबिल्ली’ बाट अभिनेत्री जसिता गुरुङ नवअभिनेता अभिनेत्री घोषित भए ।

०७४ साल १ वैशाख देखि चैत मसान्तसम्म सार्वजनिक प्रदर्शनमा आएका फिल्म अवार्डमा सहभागी थिए । प्रथम नायिका भुवन चन्द थापादेखि पछिल्लो पुस्ताका चर्चित नायक प्रदीप खड्का र जसिता गुरुङसम्मले नृत्य गरेको कार्यक्रममा गीत संगीत र कलाकारको कार्यक्रम प्रस्तुति समेत रहेको थियो ।
यस्तो छ अवार्ड बिजेताको सूची

सर्वोत्कृष्ट चलचित्र– लिलिबिली

सर्वोत्कृष्ट निर्देशक– मिलन चाम्स (लिलिबिली)

सर्वोत्कृष्ट नव–निर्देशक– घामपानी (दिपेन्द्र लामा)

सर्वोत्कृष्ट अभिनेता– अनमोल केसी (क्रि)

सर्वोत्कृष्ट अभिनेत्री– बेनीषा हमाल (ब्लाइन्ड रक्स)

स्टार अफद ईयर– प्रियंका कार्की

जुरी अवार्ड तर्फ सर्वोत्कृष्ट अभिनेता– रमेश बुढाथोकी (भुईमान्छे)

जुरी अवार्ड तर्फ सर्वोत्कृष्ट चलचित्र– भुईमान्छे

जुरी अवार्ड तर्फ सर्वोत्कृष्ट खलपात्र– सुनिल थापा (शेरबहादुर)

क्रिटिक्स अवार्ड अन्तर्गत संगीत तर्फ–कालीप्रसाद बाँस्कोटा

बर्ष थिएटर –बीरेन्द्र हमाल (माला आर्ट)

सर्वोत्कृष्ट नवअभिनेता–आशिरमान देशराज जोशी (ग्याङ्गस्टर ब्लुज)

सर्वोत्कृष्ट नवअभिनेत्री– जसिता गुरुङ (लिलिबिली)

सर्वोत्कृष्ट सहअभिनेता –शिवहरी पौडेल (शत्रुगते)

सर्वोत्कृष्ट सहअभिनेत्री– वर्षा राउत (छक्का पञ्जा २)

सर्वोत्कृष्ट खलपात्र– रमेशरञ्जन झा (शत्रुगते)

सर्वोत्कृष्ट हाँस्यकलाकार– राजाराम पौडेल (म यस्तो गीत गाउँछु)

सर्वोत्कृष्ट बालकलाकार–पिंजडा ब्याक अगेन (कुशाग्र भट्टराई)

सर्वोत्कृष्ट कथा– दीपेन्द्र लामा (घामपानी)

सर्वोत्कृष्ट पटकथा–दीपकराज गिरी र प्रदीप भट्टराई (शत्रुगते)

सर्वोत्कृष्ट संवाद–हरिवंश आचार्य र प्रदीप भट्टराई (शत्रुगते)

सर्वोत्कृष्ट गीतकार–धिरेन्द्र प्रेमर्षी (सम्झनाको सारंगी र संरक्षण)

सर्वोत्कृष्ट संगीतकार–अर्जुन पोखरेल (तिमी रोएको पल–ऐश्वर्य)

सर्वोत्कृष्ट पाश्र्व गायक– सुगम पोखरेल (तिमी रोएको पल र ऐश्वर्य)

सर्वोत्कृष्ट पाश्र्व गायिका–बानिका प्रधान (उड्यो मन–ब्लाइन्ड रक्स)

सर्वोत्कृष्ट नृत्य निर्देशक–कविराज गहतराज (कुटुमा कुटु–दुई रुपैयाँ)

सर्वोत्कृष्ट द्वन्द निर्देशक–हिमाल केसी (पिजंडा ब्याक अगेन)

सर्वोत्कृष्ट छायांकन–पुरुषोत्तम प्रधान (कृ)

सर्वोत्कृष्ट सम्पादन–सुरेन्द्र पौडेल (कृ)

सर्वोत्कृष्ट पाश्र्वसंगीत–एलिष कार्की (लिलिबिली)

सर्वोत्कृष्ट ध्वनी मिश्रण–मुकेष शाह (लिलिबिली)

सर्वोत्कृष्ट श्रृंगार–शंकर थापा (घामपानी)

लाइफ टाइम अचिभमेन्ट अवार्ड
समारोहमा कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यसँगै संगीतकार शम्भुजित बाँस्कोटालाई एक लाख रुपैयाँ र सम्मानपत्र सहित लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गरियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७