भाग्यमानी युवा : जसले कमाए एकै दिन ५७ करोड


१७ मंसिर २०७५, सोमबार
usa lottery 20181112100053

काठमाडौं, १७ मंसिर । अमेरिकाको न्यूजर्सीमा बस्दै आएका एक युवक लोट्री चिठ्ठाबाट एकै दिनभित्र ५० लाख ६ सय डलर (५७ करोड ६७ लाख नेपाली रुपैयाँ) जितेका छन् ।

usa lottery 20181112100053

न्यूजर्सीमा बस्दै आएका युवक रोबर्ट स्टिवर्टले केबल २४ घण्टाभित्र तीन लोट्री चिठ्ठा जितेका हुन् । उनलाई चिठ्ठा जितेबापद ५७ करोड ६७ लाख रुपैयाँ आयोजकले भुक्तानी गरेका छन् ।

उनको जिन्दगीमा यो खुसी यसै वर्ष अगस्ट २ मा आएको हो । तर यसको खुलासा भने हालै मात्र भएको छ । रिपोर्ट अनुसार २ अगस्टमा रोबर्टलाई स्क्र्याच लोट्री गेममा ५० लाख डलर (५७.६७ करोड रुपैयाँ) को ज्याकपट लागेको थियो । अर्को पटक पनि उनले ५०० डलर र तेस्रो प्रयासमा उनले १०० डलर जितेका थिए ।

नाम सार्वजनिक भएन

यति धेरै रकम जितेपछि रोबर्टले न्यूजर्सी लोट्रीलाई नाम सार्वजनिक नगर्न आग्रह गरे । तर अब लोट्री कम्पनीले उनको नाम घोषणा गरिदिएको छ ।

रोबर्टका अनुसार जितेको रकमबाट परिवार र नातेदारलाई मद्दत गर्नेछन् । ज्याकपट जित्नुअघि रोबर्टले यसै वर्ष २५ हजार डलरको लोट्री पनि जितिसकेका थिए । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७