चार पुरुषद्वारा कुकुर पनि बलात्कृत, कुकुरको मृत्यु


१७ मंसिर २०७५, सोमबार
courage A0bNJfNkiT

काठमाडौं, १७ मंसिर । मानिसको बुद्धि बिग्रिएपछि नगर्ने काम पनि गर्छन् । यस्तै बुद्धि बिग्रिएका चार युवाले कुकुरलाई समेत बलात्कार गरेका छन् ।

courage A0bNJfNkiT

भारतमा चार पुरुषद्वारा सामूहिक बलात्कृत भएको कुकुरको मृत्यु भएको छ । कुकुरलाई यौनाङ्ग काटिएको अवस्थामा अस्पताल पु¥याइएको थियो । करेज नाम दिइएको उक्त कुकुरको गत बुधबार मृत्यु भएको पशु अधिकारसम्बन्धि काम गर्ने संस्था एनिमल्स म्याटर टु मीले जानकारी दिएको छ ।

फेसबुक पोस्टमा लेखिए अनुसार कुकुरको पोस्टमार्टम समेत गरिने छ । करेजको बलात्कारपश्चात् अत्यधिक रक्तश्राव र आन्तरिक चोटका कारण मृत्यु भएको बताइएको छ ।

report

करेजलाई ड्रग्स सेवन गरेको भनिएका चार व्यक्तिले बलात्कार गरेका हुन् । स्थानीय अधिकारीले ती चार जनाको खोजी गरिरहेको जानकारी दिएको छ ।

सुधा फर्नान्डेज नामकी एक युवतीले नोभेम्बर १७ तारिखमा करेजको यौनाङ्ग काटिएको र अत्यधिक पीडामा कराइरहेको देखेपछि घटना सार्वजनिक भएको एसियन एजले बताएको छ ।

एक अटो रिक्सा ड्राइभरले करेजको त्यही दिन बिहान दुई बजे बलात्कार भएको जानकारी दिएको फर्नान्डेजले बताइन् । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७