जन्म दिनको संघारमा नाइजेरियाका राष्ट्रपतिको फैलियो मृत्युको हल्ला, भने, ‘म ज्यूँदै छु’


१७ मंसिर २०७५, सोमबार
nijeriapresident 20181203082541

काठमाडौं, १७ मंसिर । नाइजेरियाका राष्ट्रपति मुहम्मदु बुहारीले आफ्नो मृत्यु भएको खबर छ्याप्छ्याप्ती आएपछि त्यसको खण्डन गर्दै आफू जीवित नै रहेको दावी गरेका छन् ।

nijeriapresident 20181203082541

सामाजिक संजालमा हल्ला फिजिएको भन्दै उनले त्यसमा विरोध जनाएका हुन् । ‘यो म आफैँ हुँ । तपाईलाई पक्का गराउन चाहन्छु कि म छिट्टै मेरो ७६ औं जन्मोत्सव मनाउँदै छु । र म झन बलियो हुने छु,’ राष्ट्रपति बुहारीले भनेका छन् ।

आइतबार पोल्याण्डमा भएको एक सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । ‘धेरै जनताले म अस्वस्थ भएको बेला म मरेँ भन्ठाने,’ बुहारी भन्छन्, ‘यसरी हल्ला फैलाउनेहरु अनैतिक र अधर्मी हुन् ।’

नाइजेरियन नेता बुहारी बेलायतमा ५ महिनाको उपचारपछि आगामी फेब्रुअरीमा फेरि चुनावमा भाग लिने बताइएको छ ।

बुहारीले आफ्नो ट्वीटरमा लेखेका छन्, ‘पोल्याण्डको बैठकभर मेरो दिमागमा एउटै कुरा खेल्यो, मेरो जुम्ल्याहा त हैन म ! म बिरामी भएर लामो बिदा बस्दा धेरै जनताले म मरेँ कि भनेर ठानेछन् । तर ती अनैतिक हल्ला कुनै अनौठा हैनन् ।’ सम्मेलनमा बोलेको भिडियो समेत उनले सामाजिक संजालमा सार्वजनिक गरेका छन् । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७