प्रहरी र सशस्त्रकै मिलेमतोमा मरिच र सुपारी तस्करी


१९ मंसिर २०७५, बुधबार
krisnanagar bhansar

काठमाडौं, १९ मंसिर । कृष्णनगर नाकाबाट मरीच र इन्डोनेसियन सुपारी चोरी भइरहेको छ । राम्रो मार्जिन हुने हुँदा कालो मरीच र सुपारी नेपालबाट भारततिर व्यापक तस्करी हुने गर्छ । सीमामा खटिएका नेपाल प्रहरी र सशस्त्रलाई तस्करले मिलाए पनि भारततिर मिलाउन नसक्दा माल समातिने क्रम पनि जारी छ । भारतीय भूमिमा पुग्नासाथ एसएसबीले यी सामान समातेपछि नेपालका प्रहरी कालोनीलो भएका छन् । तस्करले यस्तोमा महिलालाई प्रयोग गरेका छन् । 

krisnanagar bhansar

यसबीच, जिल्ला प्रहरी डिएसपी रवि रावलले पत्रकारलाई भोज खुवाएका छन् । उनले सानातिना कमजोरी भए पनि समाचार नछापी आफूलाई सघाउन मोजमस्ती गरेका छन् । पहिले उपरीक्षक मनोज यादवलाई जस्तो उछित्तो नकाढुन् भनेर यसो गरेको बताइन्छ । रावलले सक्दो सहयोग गर्ने र उताबाट पनि उस्तै सहयोगको अपेक्षा गरेको सहभागी एक पत्रकारले बताए । भोजको संयोजन नव कांग्रेसी रमेश मिश्राले गरेका थिए । गत स्थानीय चुनावमा फोरमबाट गाउँपालिकाको वार्ड अध्यक्ष उठेर हारेपछि उनी फेरि कांग्रेसी बनेका छन्, आजको जनआस्थामा समाचार छ । उनले सागरटोलस्थित पासा रेस्टुरेन्टमा लगेर पत्रकारलाई भोज खुवाएको बजारभरि चर्चा छ । एसपी यादवको सरुवापछि आएका अच्युतम पुडासैनी पनि ८÷१० महिनामा रिटायर्ड हुँदै छन् । त्यसकारण डिएसपी रावलको अहिले निकै चुरीफुरी छ ।
गत साता अवैध ५ लाख भारुसहित पक्राउ परेकालाई मुद्दा चलाउनुको साटो प्रहरीले बार्गेनिङ गरेर २ लाख भारु. लिएर छाडेको छ । ३ लाख जसको थियो उसले लिएर कुलेलम ठोक्यो । भारुसहित पक्राउ परेकालाई बैंकबाट निकालेको कागज बनाएर छाडिएको बताइन्छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७