कक्षामा शिक्षकले गाली गरेपछि ७ कक्षाकी छात्राले गरिन् आत्महत्या


२० मंसिर २०७५, बिहीबार
death

काठमाडौं, २० मंसिर । शिक्षकले कक्षा कोठामै गाली गरेको भन्दै भारतको राजधानी नयाँदिल्लीमा कक्षा ७ मा अध्ययन गर्ने एक जना छात्राले आत्महत्या गरेकी छिन् ।

death

नयाँ दिल्लीको इन्द्रपुरी क्षेत्रकी ती छात्राले आत्महत्याको कारण खुलाउँदै एउटा पत्र समेत लेखेको प्रहरीले जनाएको छ ।

छात्राका अभिभावकका अनुसार शिक्षकले ती छात्रालाई पटक पटक गालीगलौज गर्ने गरेका थिए । प्रहरीले उक्त घटनाका सम्बन्धमा छानबिन शुरु गरेको छ । –एएनआई

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७