उर्जा सचिव उपाध्यायले किन दिए अचानक राजीनामा ?


२० मंसिर २०७५, बिहीबार
aanup

काठमाडौं, २० मंसिर । ऊर्जा सचिव अनुपकुमार उपाध्यायले अचानक रुपमा पदबाट राजीनामा दिएका छन् ।

aanup

अवकास पाउन केही महिना मात्र बाँकी रहेका उनले राजीनामा दिएका हुन् । उनले आगामी फागुनमा अवकास पाउँदै थिए ।

उपाध्यायले विद्युत नियमन आयोगको अध्यक्ष पदमा प्रतिष्पर्धा गर्न सचिव पदबाट राजीनामा दिएको बुझिएको छ । सरकाले विद्युत नियमन आयोग गठन गर्न प्रक्रिया शुरु गरिसकेको छ ।

उपाध्याय लामो समयदेखि ऊर्जा मन्त्रालयमा सचिव थिए । लोडसेडिङ हटाउने अभियानमा तत्कालीन ऊर्जा मन्त्री जनार्दन शर्मा र विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङसँगै उनको पनि महत्वपूर्ण भूमिका थियो ।

उनी सञ्चालक समितिको अध्यक्षमा रुपमा रहेर प्राधिकरणलाई नाफामा लैजान र उचित तबरले व्यवस्थापन गर्न सफल भएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७