संसदको राज्य व्यवस्था समितिमा गोर्खाहरुको नेपाली नागरिकता निरन्तरता सम्बन्धी छलफल


२१ मंसिर २०७५, शुक्रबार
GAESO KK Rai

काठमाडौं, २१ मंसिर । संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा गोर्खा भूतपूर्व सैनिक र तिनका सन्ततीहरुको नेपाली नागरिकताको निरन्तरता सम्बन्धी छलफल भएको छ । राज्य व्यवस्था तथा सुशासन समितिले गोर्खा भूतपूर्व सैनिक संघ (गेसो)को नेतृत्वसँग गोर्खाहरुको नागरिकता सम्बन्धमा छलफल गरेको हो ।

GAESO KK Rai
समितिको छलफलमा गेसोको सभापति कृष्णकुमार राई ।


शुक्रबार सिंहदरबार स्थित समितिको कार्यालयमा भएको छलफलमा बेलायत र हङकङमा  रहेका भूतपूर्व गोर्खा सैनिक र तिनका सन्तानहरुको बिषयमा छलफल भएको हो । छलफलमा गेसोका सभापति कृष्णकुमार राईले गोर्खाहरुको नागरिकताको बिषयमा आफ्नो धारणा राखेका थिए ।

सभापति राईले गोर्खा सैनिकहरु त्रिपक्षीय सम्झौताका आधारमा बेलायत पुगेको तथ्य प्रस्तुत गर्दै अन्य प्रवासी नेपालीहरुलाई जस्तो प्राबधान नराखेर अलग्गै प्राबधान राख्न माग गरे ।  उनले भने,‘हामी गोर्खालीहरु अन्य प्रवासी नेपालीहरु जसरी बेलायत गएका होइनौं, यो सरकारस्तरीय सम्झौताका आधारमा गएका हौं ।’

GAESO Meeting With Nepals MP


सभापति राईले गोर्खाहरु र तिनका सन्ततीहरुलाई राजनैतिक, आर्थिक, सांस्कृतिक र समाजिक अधिकार सहितको नेपाली नागरिकता दिनुपर्ने माग गरे । अहिलेको संबिधान संशोधन गरेर गोर्खाहरुको हकमा पनि बेग्लै व्यबस्था उल्लेख गरीदिन पर्ने उनको माग छ । सभापति राईले भने, ‘नेपाल गोर्खाहरुको जन्मभूमि हो । बेलायत कर्म भूमी हो । हामी बेलायत सम्झौताका आधारमा गएका हौं । त्यस कारण हामीलाई दोहोरो नागरिकताको व्यबस्था हुनुपर्छ ।’

GAESO

छलफलमा समितिको सभापति शशि श्रेष्ठले गोर्खाहरुको नागरिकताको बिषय गम्भिर भएको बताइन् । छलफलमा समितिका सदस्य सांसद राजेन्द्र श्रेष्ठले संशोधन गरेर गोर्खाहरुको माग सम्बोधन गर्नुपर्ने बताए । उनले समितिमा बिषय उठ्न सकरात्मक भएको भन्दै आगमी दिनमा ठोस कदम चाल्न पर्ने बताए ।

Rai GAESO


गोर्खाहरुको मागको बिषयमा आफूहरु पनि गम्भिर भएको भन्दै थप छलफल गर्ने बताइन् । सांसद नवराज सिलवालले गोर्खाहरुको माग सकरात्मक रहेको बताए । अर्का सांसद झपट रावलले गोर्खाहरुको माग सही बताएको बताउँदै सम्बोधन जरुरी रहेको बताए ।

GAESO Meeting


सांसदहरु कृष्णगोपाल श्रेष्ठ, प्रेम सुवाल, मिना पाण्डे लगायतले गोर्खाहरुको माग सकरात्मक भएको बताए । छलफलमा गेसोका उपसभापति मणिकिरात वान्तावा र काठमाडौं जिल्ला समितिकी अध्यक्ष सुनिता गुरुङले गोर्खाहरुको नागरिकताको निरन्तरताको बिषयमा आफ्नो धारणा राखेका थिए ।

हेर्नुहोस् भिडियो :-

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७