आज मिस वर्ल्डको फाइनल, यसरी हेर्नुस् लाइभ प्रशारण


२२ मंसिर २०७५, शनिबार
imager

काठमाडौं, २२ मंसिर । चीनको सान्यामा जारी मिस वर्ल्डको फाइनल आज हुँदैछ ।

imager

फाइनलको लाइभ प्रशारण आज बेलुका स्थानीय समयअनुसार ७ बजे (नेपाली समयअनुसार पौने ५ बजे) देखि शुरु हुनेछ ।

फाइनलमा मिस नेपाल श्रृंखला खतिवडासहित ३० प्रतियोगी प्रतिष्पर्धा गर्दैछनन् ।
११८ देशका प्रतियोगीमध्येबाट छानिएर फाइनल पुगेका ३० प्रतियोगीहरु आज उपाधिको लागि भिड्ने छन् । 

नेपाली सुन्दरी दुई उपाधि जित्दै फाइनल पुगेकी हुन् । श्रृंखलाले मल्टिमिडिया च्यालेन्ज र ब्युटी विथ अ प्रपोज दुवै टाइटल जितेकी हुन् । उनलाई फाइनल पुग्न भने यी दुईमध्ये कुनै एउटा मात्र टाइटल जितेको भए पनि पुग्ने थियो ।

मिस वर्ल्डको फाइनलको लाइभ प्रशारण मिस वल्र्डको अफिसियल वेबसाइटमार्फत हुनेछ । यसबाहेक भारतीय टेलिभिजन च्यानल ‘रोमेडी नाव’ मा पनि लाइभ हेर्न सकिनेछ ।

miss

मिस वर्ल्डको अफिसियल युट्युब च्यानलमा पनि फाइनलको लाइभ अपडेट हेर्न सकिनेछ । मिस वर्ल्डको अफिसियल वेबसाइटमार्फत लाइभ हेर्न १ डलर तिर्नुपर्नेछ । यो १ डलर लाइभ प्रसारणको क्रममा प्रतियोगीलाई भोट गर्न प्रयोग गर्न सकिने छ ।

यसरी गरिने भोट प्रत्येक देशबाट गरिएको भोट बराबर १ भोट गनिने छ । अर्थात भोटको गणना कति जनाको भोट आयो भनेर भन्दा पनि कति फरक फरक देशबाट भोट आयो भन्ने आधारमा हुनेछ ।

नेपाली सुन्दरी श्रृंखलाले आफूलाई भोट गरिदिन विश्वभर छरिएका नेपालीहरुसँग आग्रह गरेकी छिन् । यो भोटले उनलाई पिपुल्स च्वाइस अवार्ड जित्न सघाउने छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७