बालुवाटारमा शीर्षनेताहरुको अपमान, झलनाथ खनाल पार्टी कार्यालयको बैठकमा मात्र जाने


२२ मंसिर २०७५, शनिबार
bishnu

काठमाडौं, २२ मंसिर । नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बोलाएर नेताहरुलाई कुराएपछि ४ नेताले बहिस्कार गरेका छन् ।

नेकपाका शीर्षनेताहरु माधवकुमार नेपाल, झलनाथ खनाल, बामदेव गौतम र नारायणकाजी श्रेष्ठ निर्धारित समयभन्दा आधा घन्टासम्म बैठक सुरु नभएपछि बहिस्कार गरेर हिंडेका थिए ।

bishnu

शुक्रबार अपराह्न ३ बजे सचिवालय बैठक बोलाइएकोमा पौने ३ बजे स्थगित भएको सूचना बालुवाटारबाट नेताहरुलाई दिइएको थियो । जबकि सबै नेताहरु बैठकका लागि हिंडिसकेका थिए । बैठक स्थगित भएको सूचना कम्तीमा १ घन्टाअघि नदिई बालुवटारले नेताहरुलाई १५ मिनेट अघि दिएको थियो ।

शनिबार पनि सचिवालय बैठक ३ बजे बोलाए र अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल साढे ३ बजे पनि नआएपछि अपमान महसुस गर्दै चारै जना शीर्षनेताहरु बैठक बहिस्कार गरी हिंडेका थिए । बरिष्ठ नेता झलनाथ खनालले त अब बालुवाटारमा बैठक राखे नआउने घोषणा गरिसकेका छन् ।

निर्धारित समयमा बैठक सुरु नगरी अरु नेताहरुको अपमान गरिएकोबारेमा नेकपाका केन्द्रीय सदस्य बिष्णु रिजालले ८ बर्षअघि झलनाथ खनाल प्रधानमन्त्री हुँदा केपी ओलीले बालुवाटारमा हुने पार्टी बैठकमा नआउने प्रसंग निकाल्दै सामाजिक संजाल फेसबुकमा लेखेका छन्, ‘बालुवाटारको आजको घटनापछि ८ बर्षअघि तत्कालीन अध्यक्ष कमरेड झलनाथ खनाल प्रम हुँदाको घटना सम्झना भएको छ ।

प्रवेशद्वारमा प्रहरीले ‘भित्रबाट हजुरहरूको नाम आएको छैन, भित्र सोध्छौं हजुर’ भन्दा कमरेड केपी ओली ‘यस्तो अपमान सहिंदैन’ भनेर एक मिनेटमा त्यहाँबाट फर्किनुभएको थियो र त्यसपछि जेएन कमरेड प्रम हुँदासम्म बालुवाटारमा पाइला हाल्नुभएन ।’

त्यतिबेला तत्कालीन एमाले अध्यक्ष खनालले अपमान गरेको महसुस गरी बालुवाटार नआउने घोषणा गरेका प्रधानमन्त्री ओलीले नै अहिले शीर्षनतोहरुको अपमान गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७