इपीएलः चितवनमाथि ललितपुरकाे पहिलो जित


२३ मंसिर २०७५, आईतवार
cricket

काठमाडौँ, २३ मङ्सिर । एभरेस्ट प्रिमियर लिग (इपीएल) क्रिकेट प्रतियोगितामा ललितपुर प्याट्रिएटससँग चितवन टाइगर्स पराजित भएको । ललितपुरको टियु क्रिकेट मैदानमा भएको खेलमा चितवनले ललितपुरलाई ११ रनले पराजित गरेको हो ।

ललितपुरले दिएको १४४ रनको चुनौती चितवनले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ३२ रन मात्रै जोडेपछि खेल ललितपुरको पोल्टामा भएको हो । खेलमा टस जितेर ब्याटिङ रोजेको ललितपुरले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ४३ रन जोडेको थियो । ललितपुरका लागि सन्दीप जोराले अविजित रहँदै ८ बलमा २५ रन जोडे । सोनु तामाङ पनि अविजित रहँदै २४ बलमा ३५ रन बनाएका थिए । त्यस्तै, सुन्नी पटेलले १९, जयकिसन कोल्सवालाले २० र गौरव टोमरले ३० रनको ललितपुरलाई योगदान दिएका थिए ।

त्यस्तै चितवनका लागि दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ४१ रनको योगदान दिएका छन् । कप्तान पृथु बास्कोटाले २६ रन, भीम सार्कीले २१ रन,जर्ज स्कटले अविजित १८ रनको योगदान दिएका छन् ।
बलिङतर्फ भने सन्दीप लामिछानेले ४ ओभर बलिङ गर्दै २६ रन खर्चेर ३ विकेट लिए । सन्नी पटेलले २ विकेट लिएका छन् । अब केही बेरमा भैरहवा ग्लाडिएटर्स र पोखरा राइनोजबीच खेल सुरु हुँदै छ । भने, शनिवार भएको खेलमा ललितपुरलाई बिराटनगरले ३ विकेटले पराजित गरेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७