मन्त्रीलाई मञ्चमै हानियो थप्पड


२३ मंसिर २०७५, आईतवार
thappad

काठमाडौं, २३ मंसिर । नेपालमा विगतमा धेरै पटक नेता तथा मन्त्रीहरुमाथि सार्वजनिकस्थलमै
दुर्व्यवहार भएका छन् ।

thappad

यस्ता दुर्व्यवहारका घटना विभिन्न समयमा भाइरल भएका छन् । यस्तै घटना भारतका एक मन्त्रीले भोग्नु परेको छ । ती मन्त्रीलाई सार्वजनिक स्थलमा थप्पड हानिएको छ । 

रिपब्लिकन पार्टी अफ इंडियाका अध्यक्ष तथा केन्द्रीय मन्त्री रामदास अठावलेलाई मुम्बईमा एक युवकले थप्पड हानेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

यो घटना प्रहरीकै अगाडि भएको बताइएको छ । घटना मुम्बई ठाणेको अम्बरनाथमा भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । थप्पड हान्ने युवकको नाम प्रवीण गोसावी रहेको बताइएको छ । घटनापछि अठावलेका समर्थकले सो युवकलाई नियन्त्रणमा लिएर पिटेकोसमेत जनाइएको छ ।

minister
मन्त्री रामदास अठावले

समाचारअनुसार मन्त्री अठावले अम्बरनाथमा एक कार्यक्रममा भाग लिन गएका थिए । उनी स्टेजमा गएपछि एक युवकले गालामा थप्पड हानेको बताइएको छ । थप्पड हानेर भाग्न लागेको युवकलाई त्यहाँ रहेका अठावलेका समर्थकले नियन्त्रणमा लिएर पिटाई गरे ।

मरठा आरक्षणका विषयमा अठावलेले मराठा समाजलाई दिएको आरक्षण कोर्टमा टिक्न नसक्ने बताएका थिए । उनले राज्य सरकारले दिएको आरक्षण कानुनी प्रक्रियासंगत नभएको बताएका थिए । यो आक्रमणलाई यही विषयसँग जोडेर हेरिएको छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७