क्रिस्चियन धर्मका अगुवा एकनाथ ढकाललाई विशेष सुरक्षा दिने तयारी


२३ मंसिर २०७५, आईतवार
EKnath Dhakal एकनाथ ढकाल

काठमाडौं, २३ मंसिर :  सरकारले युनिभर्सल पिस फेडरेसन (युपीएफ) का नेपाल प्रमुख क्रिस्चियन धर्मका अगुवा एकनाथ ढकाललाई विशेष सुरक्षा दिने तयारी गरेको छ । आफूमाथि सुरक्षा थ्रेट भएको भन्दै निवेदन दिएपछि ढकाललाई सुरक्षा दिन लागिएको हो ।

EKnath Dhakal एकनाथ ढकाल

एकनाथ ढकाल



गृह मन्त्रालय तथा गृहसचिवलाई सम्बोधन गरी नेपाल परिवार दलका तर्फबाट ढकालले आफ्नो सुरक्षाका लागि सुरक्षाकर्मी मागेका हुन् । मंसिर १९ गते लेखिएको सो पत्रअनुसार असुरक्षित महसुस भएको भएका कारण आवश्यक सुरक्षा व्यवस्थाका लागि मन्त्रालयसँग आग्रह गरिएको छ ।

सुरक्षा माग गरे पनि उनले कोबाट थ्रेट रहेको भन्ने चाहिँ खुलाएका छैनन् । गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदी मन्त्रालयमा ढकालको निवेदन परे पुष्टी गरे । गृह मन्त्रालयमा यसअघि नै सुरक्षा माग गरेर निवेदन दिएका पूर्व मन्त्रीहरू र बहालवाला सांसदहरूका लागि भने सरकारले यस्तो प्रबन्ध गरेको छैन ।

ढकाल क्रिस्चियन धर्म विस्तारका लागि स्थापना भएको युनिभर्सल पिस फेडरेसन (युपीएफ) को नेपाल शाखाका प्रमुख हुन् । विश्वमै विवादित धर्मगुरु रेभरेन्ड सन म्योङ मुनले सन् २००५ मा युनिफिकेसन चर्च स्थापना गरेका हुन् । जिसस क्राइस्टले पुरा गर्न नसकेको जिम्मेवारी दिएर ईश्वरले आफूलाई धर्तिमा पठाएको उनी बताउने गर्थे ।

यूनिफिकेसन चर्चको एउटा अंगका रुपमा रहेको युनिभर्सल पीस फेडरेसन नेपालमा २००५ मा नै भित्रिएको हो । नेपालमा यो छद्मभेषी ढंगले सञ्चालित छ । यसलाई आईएनजीओको रुपमा दर्ता गरी सामाजिक संस्थाको रुपमा चिनाउने गरिएको छ तर, संस्थाभित्र क्रिश्चियानिटीको अभ्यास हुन्छ । नेपालमा यो संस्था फस्टाउनुमा पूर्वमन्त्री एकनाथ ढकालको ठूलो हात छ । नेपालमा क्रिश्चियानिटीको प्रभाव विस्तारमा उनको ठुलो भूमिका छ ।

गत यही १४ देखि १७ गतेसम्म होटेल हयात रिजेन्सीमा उनकै नेतृत्वमा ‘द एसिया प्यासिफिक समिट २०१८‘ सम्मेलन भएको थियो । जसको कारण सरकार समेत विवादमा फसेको थियो ।
एरिभन्ज्याङ, गोरखाका ढकालले गैरनेपालीसँग विवाह गरेका छन् । उनले विभिन्न व्यक्तिहरुलाई विदेशीसँग सामुहिक विवाहसमेत गराउने गरेका छन् ।

०६४ मा पहिलो संविधानसभा निर्वाचनपछि ढकालले आफ्नो पार्टीका सबै कार्यकर्तालाई क्रिश्चियन बन्न परिपत्र जारी गरेको भन्दै परिवार दलका केन्द्रीय सदस्य विद्याप्रसाद शर्मा लगायतले विरोध गरेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७