स्थायी कमिटीबाट जिल्ला र जनसङ्गठनको एकता टुङ्गो लाग्छ : प्रचण्ड


२३ मंसिर २०७५, आईतवार
Puspa kamal dahal prachanda
cWoIf bfxfn dGtJo JoQm g]kfn sDo’lgi6 kf6L{ -g]skf_ sf cWoIf k’iksdn bfxfn …k|r08Ú cfOtaf/ hg;f+:s[lts dxf;+3åf/f sf7df8f}Fdf cfof]lht hgufos v’lz/fd kflv|gsf] k|yd :d[lt ;f+:s[lts sfo{qmddf dGtJo JoQm ub}{ . t:jL/ M /Tg >]i7, /f;;

काठमाडौँ, २३ मङ्सिर : नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थायी कमिटीको बैठकले जिल्ला र जनसङ्गठनको एकताको टुङ्गो लाग्ने बताएका छन् ।

Puspa kamal dahal prachanda
जनगायक खुशिराम पाख्रिनको प्रथम स्मृति सांस्कृतिक कार्यक्रममा मन्तव्य व्यक्त गर्दै । तस्वीर : रत्न श्रेष्ठ, रासस

मङ्सिर २९ गते स्थानीय कमिटीको बैठक बोलाइएको जानकारी दिँदै अध्यक्ष प्रचण्डले प्रदेश कमिटीको टुङ्गो लागिसकेकाले आगामी स्थायी कमिटीबाट जिल्ला र जनसङ्गठनको एकता गर्ने लक्ष्य बनाएको जानकारी दिए ।

जनसांस्कृतिक महासङ्घ नेपालद्वारा जनगायक स्व खुशीराम पाख्रीनको स्मृतिमा आइतबार राजधानीमा भएको सांस्कृतिक कार्यक्रममा उनले जनस्तर एवं पार्टीभित्र भावनालाई पार्टीको स्थायी कमिटी बैठकमा एजेण्डा बनाएर लैजाने विश्वास दिलाए ।

उनले भने, ‘सांस्कृतिक आन्दोलनका अगुवा र कलाकारका भावनालाई स्थायी कमिटीमा एजेण्डा बनाएर प्रस्तुत गर्छु, यसलाई मलाई पनि एउटा दिशाबोध गरेको छ ।’

जनताका बीचमा अभियान लैजाने र सांस्कृतिक आन्दोलन चलाउने कुरा बिर्सिएर विकासलाई बोझ ठान्न थालियो भने समृद्धि र सुखी नेपाली हुन नसक्ने भन्दै उनले विकासलाई अभियानका रुपमा अगाडि बढाउनुपर्ने र उत्सवका रुपमा लैजानुपर्नेमा जोड दिए ।

भइरहेकै कर्मचारीतन्त्र र राज्य संरचनाबाट कम्युनिष्टले देखेको जस्तो विकास सम्भव नभएको उनको भनाइ थियो । अध्यक्ष दाहालले सातै प्रदेशमा हुने प्रशिक्षण कार्यक्रम चलाउने कुरा जस्तै सांस्कृतिक आन्दोलनका निम्ति पनि अभियान चलाउने योजना ल्याइने प्रतिबद्धता जनाए ।

जनमतको निर्माण साहित्य, कला र गीत सङ्गीतले गर्ने बताउँदै अध्यक्ष दाहालले खुशीराम पाख्रीन कम्युनिष्ट उद्देश्यका निम्ति समर्पित योद्धा भएको स्मरण गरे। सपना पूरा गर्न सबैले सङ्कल्प गर्नुपर्नेमा उनको जोड थियो ।

कार्यक्रममा नेकपा स्थायी कमिटीका सदस्य अग्नि सापकोटा, पम्फा भुसाल, मणि थापा, साहित्यकार रामेश, रायन, जेवी टुहुरेलगायतको सहभागिता थियो । कार्यक्रममा कलाकारले जनगायक स्व पाख्रिनका शब्द, सङ्गीत रहेका विभिन्न गीत प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७