जुवा खेल्दाखेल्दै बेल्लिज क्यासिनोबाट नेपालीहरू पक्राउ, जुवाडे छाड्न प्रहरीमाथि चर्को दबाब


२३ मंसिर २०७५, आईतवार
malla hotal

काठमाडौं, २३ मंसिर :  क्यासिनोमा नेपाली प्रवेश बन्देज गरिएको छ । तर मल्ल होटलमा संचालित क्यासिनो बेल्लिजबाट केहीबेरअघि ८ जना नेपालीलाई जुवा खेल्दाखेल्दै महानगरीय प्रहरी परिसरबाट खटिएको टोलीले पक्राउ गरेको छ । 

malla hotal

महानगरीय प्रहरी बृत्त सोह्रखुट्टेका प्रमुख गौतम केसीसँग सेटिङ मिलाएर बेल्लिज क्यासिनाले निर्वाधरुपमा नेपालीलाई जुवा खेलाउने गरेको थियो । 

सोह्रखुट्टे बृत्तका हाकिमसँग मिलेर नेपालीलाई जुवा खेलाउने गरेको सूचनापछि परिसरको टोलीले बेल्लिजमा खानतलासी गर्दा नेपालीहरु जुवा खेलिरहेको अवस्थामा पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका एक प्रहरी अधिकृतले जानकारी दिए । 
क्यासिनो बेल्लिजबाट जुवा खेलिरहेको अवस्थामा नेपालीहरु पक्राउ परेकोबारेमा काठमाडौं प्रहरी परिसरका प्रवक्ता होविन्द्र बोगटीसँग प्रतिक्रिया लिन खोज्दा उनी सम्पर्कमा आएनन् ।

क्यासिनोमा नेपालीलाई जुवा खेलाए इजाजतपत्र नै रद्द गर्ने कानुनी ब्यवस्था छ । क्यासिनोमा जुवा खेलेर अरबपति र करोडपति रोडपति भएको र अपराधीकरण बढेको निष्कर्षपछि क्यासिनो नियमावली २०७० मा नेपालीलाई जुवा खेलाउन बन्देज लगाइएको छ ।

तर नियमावलीविपरीत बेल्लिज क्यासिनोका संचालक बाबा भन्ने ज्ञानेन्द्र श्रेष्ठले प्रहरीसँग सेटिङ गरी नेपालीलाई जुवा खेलाउँदैआएका छन् । केहीबेरअघि जुवा खेलेको अवस्थामा पक्राउ गरेका नेपालीहरुलाई परिसरमा लानासाथ सुटुक्क छाड्ने चलखेल भइरहेको छ ।

राजनीतिक नेतादेखि प्रहरीका उच्च अधिकारीको दबाबमा जुवा खेल्दाखेल्दै पक्राउ परेका नेपालीहरुलाई छाड्न लागिएको प्रहरी स्रोतले बताएको छ । दबाब थेग्न नसकेपछि परिसर प्रमुख वसन्त लामाले जुवाडेलाई एक रात पनि राख्न नसकी छाड्न लागेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७