देउवाले कार्याकाल लम्ब्याउने आशंकासहित पौडेल पक्षको यस्तो दबाब


२४ मंसिर २०७५, सोमबार
deuba n ramchandra

काठमाडौं, २४ मंसिर । कांग्रेसमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले तत्काल १४ औँ महाधिवेशन प्रक्रिया सुरु गर्न नेतृत्वलाई दबाब दिएको छ ।

deuba n ramchandra

सभापति शेरबहादुर देउवाले विशेष परिस्थितीको कारण जनाएर थप एक बर्ष कार्याकाल लम्ब्याउन खोजेको आशंकासहित पौडेल पक्षले यस्तो दबाब दिएको हो ।

पूर्व महामन्त्री प्रकाशमान सिंहको निवास चाक्सीबारीमा आईतबार बसेको पौडेल पक्षको बैठकले देउवाले थप एक बर्ष कार्यकाल लम्ब्याउन चाहेको निष्कर्ष निकालेको छ ।

पौडेलले शनिवार केन्द्रीय कार्यसमिति बैठकमा पनि महाधिवेशन प्रक्रिया अघि बढाउन आग्रह गरेका थिए । महासमिति बैठलगत्तै महाधिवेशनको प्रक्रिया शुरु गरिहाल्नुपर्छ केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले भने समयमै महाधिवेशन गर्नुपर्छ ।

समय भईन्जेल केही नगर्ने समय बितेपछि विशेष परिस्थिति देखाएर कार्याकाल बढाउन पाइन्न । आजको कान्तिपुर दैनिकमा यो खबर छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७