‘कोरियन पप कभर डान्स प्रतियोगिता–२०१८’ हुने


२४ मंसिर २०७५, सोमबार
psy.merofilm

काठमाडौं, २४ मंसिर । नृत्यमार्फत नेपाल र कोरियाबीच सांस्कृतिक आदान प्रदान गर्ने उद्देश्यले काठमाडौँमा ‘कोरियन पप कभर डान्स प्रतियोगिता–२०१८’ हुने भएको छ ।

psy.merofilm

काठमाडौँको जमलस्थित राष्ट्रिय नाचघरमा यही मंसिर २८ गते दिउँसो १ बजे हुने प्रतियोगितामा २६ समूहबीच प्रतिष्पर्धा हुने छ ।

‘स्ट्रकपप’ को आयोजना, युवा फर चेञ्जको सहकार्य र ‘द इन्भिन्सिभल इभेन्ट्स एण्ड म्यानेजमेन्ट’ को व्यवस्थापन रहेको सो प्रतियोगिताको पहिलो चरणमा देशका पाँच मुख्य शहर बुटवल, नारायणगढ, धरान, पोखरा र काठमाडौँबाट कूल १५० समूहबाट २६ समूह प्रतियोगी छनोट गरिएको थियो ।

प्रतियोगितामा प्रथम हुनेलाई रु ३० हजार, दोस्रो हुनेलाई रु २० हजार र तेस्रो हुनेलाई रु १० हजार पुरस्कारको व्यवस्था गरिएको ‘स्ट्रकपप’ का संस्थापक कार्यकारी निर्देशक सुरेश मोक्तानले जानकारी दिए ।

प्रतियोगितामा उत्कृष्ट पोशाक पहिरन र एकल नृत्यलाई पाँच–पाँच हजार राशिको पुरस्कारको व्यवस्था गरिएको युवा फर चेञ्जका अध्यक्ष जागृत पहाडीले जानकारी दिए ।
‘स्ट्रकपप’ एउटा कोरियन नृत्य समूह हो । यो सन् २०१५ मा गठन भएको हो ।

यसले गठन भएदेखि हालसम्म कोरियन नृत्यसम्बन्धी विभिन्न गतिविधि गर्दै आएको छ । यसले देशभित्र मात्र नभई अन्तर्राष्ट्रियस्तरमा हुने विभिन्न कोरियन पप नृत्यमा समेत प्रतिनिधित्व गर्दै आएको छ । त्यसैगरी विसं २०७० मा स्थापना भएको युवा फर चेञ्जले विभिन्न जिल्लामा युवा लक्षित कार्यक्रम गर्दै आएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७