बाबुराम-हिसिला पुत्रीमाथि बनेको ‘डटर अफ नेपाल’ लाई अन्तर्राष्ट्रिय पुरस्कार (भिडियाेसहित)


२४ मंसिर २०७५, सोमबार
1544371962mmmm

काठमाडौं, २४ मंसिर । पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई तथा पूर्व मन्त्री हिसिला यमीकी छोरी मानुषी यमी भट्टराईमाथि बनेको डकुमेन्ट्री फिल्म ‘डटर अफ नेपाल’ ले भारतको सातौं स्मिता पाटिल अन्तर्राष्ट्रिय फिल्म फेस्टिवलमा उत्कृष्ट डकुमेन्ट्री फिल्म अवार्ड हात पारेको छ ।

1544371962mmmm

फिल्मलाई भारतकी सुरभी दिवानले निर्माण गरेकी हुन् । फिल्मले ९० दशकको मध्यमा मानुषीका बाबु आमाको १२ वर्ष लामो द्वन्द्वमा जाने निर्णयले भारतमा ९ वर्षीया मानुसीले नयाँ नाममा बिताएका समयहरू र तिनले उनमा पारेको प्रभाव र भोगाइहरूलाई प्रस्तुत गरिएको छ ।

उक्त डकुमेन्ट्री फिल्मले द्वन्द्वको नदेखिएको पाटो र उनको पारिवारिक, सामाजिक तथा देशप्रतिको माया प्रस्तुत गरेको छ ।

यस डकुमेन्ट्री फिल्मलाई ९ वर्ष लगाएर तयार गरिएको हो । अवार्ड जितेकी देवानले सुरूमा मानुषी क्यामरासँग सहज नहुँदा आफूले फिल्म निर्माणका लागि शैली परिवर्तन गर्नुपरेको बताएकी छन् ।

उनले फिल्म निर्माण गर्दा सहज वातावरण बनाउनुपर्ने भएकाले फिल्ममा आफू पनि मानुषीसँगै देखिनुपरेको आफ्नो निर्देशकीय नोटमा उल्लेख गरेकी छन् ।

दिवानले डकुमेन्ट्री बनाउँदा (मानुषी जसलाई भूमिगत कालमा अस्मिता नामको परिचय दिइएको थियो) काठमाडौंदेखि गोर्खासम्म क्यामराले पछ्याएको खुलासा गरेकी छन् ।

पुरस्कार पाउँदा अचम्म लाग्यो : मानुषी
आफूमाथि बनेको फिल्मले पुरस्कार पाएको खबरले आफू अचम्ममा परेको मानुषीले प्रतिक्रिया दिएकी छन् । ‘१२ वर्ष अगाडिको कुरा हो । त्यतिबेला जनयुद्धमा मभन्दा बढि संघर्षशील पात्रहरू थिए फिल्मका हिसाबले ।

सोही कारणले गर्दा मैले उहाँलाई त्यो फिल्म सार्वजनिक गर्न अनुमति पनि दिइन’, उनले भनिन्, ‘तर अहिलेचाँहि उहाँमाथि अन्याय गरे जस्तो लाग्छ । किनकी त्यसपछि उहाँले अरू फिल्महरू बनाउनु भयो । ती फिल्म हेर्दा मलाई त्यस्तो लागेको हो । पछि बीचमा फेरि अनुरोध गर्नुभयो र मैले अनुमति दिएँ ।’

यस्तै मानुषीले फिल्ममेकर दिवान र आफू एउटै कलेज पढेको पनि बताएकी छन् । कलेज पढ्दासम्म आफू को हूँ भन्ने दिवानलाई थाहा नभएको पनि खुलासा गरिन् । चलचित्रले पुरस्कार जितेकोमा डा. बाबुराम भट्टराईले पनि वधाई तथा शुभकामना दिएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७