अरबपतिका फर्म कालोसूचीमा


२४ मंसिर २०७५, सोमबार
पवनकुमार संघाई

काठमाडौँ, २३ मंसीर :  सार्वजनिक खरिद अनुगमन कार्यालय (पिपिएमओ)ले केही दिनअगाडि एउटा सूचना सार्वजनिक गर्यो । उक्त सूचना सरकारको नीति–नियम विपरीत ठेक्का पाएर काम पूरा नगर्ने कम्पनीहरूको बारेमा थियो ।

पवनकुमार संघाई

ठेक्का पाएर समयमा काम पूरा नगर्ने र गरेको काम पनि गुणस्तरीय नभएका खण्डमा सम्बन्धित ठेक्का दिने निकायले बैंक ग्यारेन्टी खाई कालोसूचीमा राख्नका लागि यथेष्ट प्रमाणसहित पिपिएमओमा पठाएपछि उक्त कार्यालयले आवश्यक प्रक्रिया र चेकजाँचपछि त्यस्ता कम्पनीलाई कालोसूचीमा राख्ने प्रावधान छ ।

त्यसरी कालोसूचीमा परेका धेरै कम्पनीहरूमध्ये दुइटा कम्पनी अहिले पनि सुरक्षा निकायहरूका बीचमा चर्चाको विषय बन्दै आएको छ । तीन वटै सुरक्षा निकायमा चर्चाको विषय बनेका ती व्यापारिक फर्म हुन्– पवनकुमार, निकेश कुमार र नारायणदास श्रीनिवास ।

यी दुवै फर्म यसकारणले पनि चर्चामा रहेकी यी दुवै फर्मका मालिकहरू नेपालका अरबपतिका रूपमा चिनिन्छन् । पवनकुमार निकेशकुमार नामक फर्मको असली मालिक पवनकुमार संघाई र उनका दाजु रतन संघाईका छोरा निकेशकुमार संघाई हुन् ।

त्यसैगरी नारायणदास श्रीनिवास नामक फर्म पवन र रतन संघाईका बाबु र बाजेको नाममा राखिएको हो । पवनका बाजे नारायणदास हुन् भने बाबु श्रीनिवास हुन् । बाबु र बाजेको नामबाट उनीहरूले नारायणदास श्रीनिवासनामक फर्मबाट ठेक्का व्यवसाय गर्दै आएका छन् ।

यी फर्महरूबाट नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीमा ठूलो ठेक्कापट्टाको काम हुँदै आएको थियो । दुई वर्षअघि सशस्त्र प्रहरीमा भएको ठेक्का प्रक्रियामा सामान बुझाएको र बुझाएको सामान पनि गुणस्तरीय नभएको भन्दै सशस्त्रको सिफारिशमा पिपिएमओले यी दुवै फर्मलाई कालोसूचीमा राखेको हो ।

पवनकुमार निकेशकुमारको २७३४ दर्ता नम्बर हो र २०३२ सालमा दर्ता भएको देखिन्छ भने नारायणदास श्रीनिवास ५०६२ दर्ता नम्बर हो र २०३० सालमा दर्ता भएको देखिन्छ । यी दुवै व्यापारिक फर्मलाई २०१८ जनवरी १० देखि २०२० जनवरी ९ सम्मका लागि कालोसूचीमा राखिएको पिपिएमओले सार्वजनिक गरेको छ ।

साथै पिपिएमओले यी कम्पनीहरूलाई सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा १ बमोजिम कालोसूचीमा राखिएको हुँदा निजले कालोसूचीमा रहेको अवधिसम्म कुनै पनि सार्वजनिक खरिक कारवाहीमा भाग लिन नसक्ने व्यहोरा सम्बन्धित सबै सार्वजनिक निकायहरूको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ भनी उल्लेख गरेको छ ।

रतन तथा पवन संघाई एक वर्षअघि लागुऔषधसम्बन्धी विवादमा परेका दाजुभाइ हुन् । रतन त लामो समय कानुनी हिरासतमा समेत बसेका थिए ।

पनवकुमार निकेशकुमार एवं नारायणदास श्रीनिवास कालोसूचीमा परेपछि अहिले उनीहरूले अन्य फर्मबाट टेण्डरहरू भर्दै आएका छन्

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७