काठमाडौँद्वारा चितवन पराजित


२४ मंसिर २०७५, सोमबार
epl 2

काठमाडौं, २४ मंसिर । तेस्रो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) अन्तर्गत आज भएको पहिलो खेलमा काठमाडौँ किंग्स इलाभेनले चितवन टाइसर्गलाई ६ विकेटले पराजित गरेको छ ।

epl 2

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा भएको खेलमा चितवनले दिएको १६१ रनको चुनौतीलाई काठमाडौँ किंग्सले १८ दशमलव ५ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्‍यो । काठमाडौँ किंग्सका लागि भारतीय खेलाडी सुब्रमण्यम आनन्दले अविजित ४३ रन, सागर पुनले ३९, नरेश बुढाऐरले २२ तथा अमित श्रेष्ठले १८ रन बनाए ।

बलिङतर्फ चितवनका लागि साहव आलमले दुई, ललितसिंह भण्डारीले र पल स्टर्लिङले एक÷एक विकेट लिए । त्यसअघि टस हारेर ब्याटिङ गरेको चितवनले १९ दशमलव ५ ओभरमा सबै विकेट गुमाउँदै १६० रन बनायो ।

चितवनका लागि दीपेन्द्र सिंह ऐरीले ४५ रन जोडे भने पल स्टर्लिङले ३४, सन्दीप सुनारले २५, पृथु बाँस्कोटाले अविजित २० तथा भीम सार्कीले ७ रन बनाए ।

बलिङतर्फ काठमाडौँका लागि सम्शाद सेख र प्रदीप साहुले तीन÷तीन तथा सागर पुन, अमरसिंह राउटेला र केभिन ओ व्रायनले एक-एक विकेट लिए । अहिले अर्को खेलमा पोखरा राइनोजले ललितपुर प्याट्रियट्सविरुद्ध ब्याटिङ गरिरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७