फेवातालको बीचमा डुंगा डुब्यो, ‘सेल्फी’ खिच्दै गरेका काठमाडौंका युवा वेपत्ता


२४ मंसिर २०७५, सोमबार

पोखरा, २४ मंसिर । पोखराको पर्यटकीयस्थल फेवातालमा डुङ्गा डुब्दा काठमाडौंका एक युवा बेपत्ता भएका छन् ।

fewatal
सांकेतिक तस्विर

सोमबार बिहान फेवातालमा बोटिङ गरिरहेका काठमाडौंका रोजन श्रेष्ठ ‘सेल्फी’ खिच्ने क्रममा डुङ्गाबाट खसेर बेपत्ता भएको प्रहरीले जानकारी दिएको छ ।

सिंगल प्याडल बोटमा बसेर डुङ्गा सयर गरेका श्रेष्ठले फोटो खिच्नकै लागि तालको बिचमा पुगेपछि ज्याकेट उतारे र मोवाईलबाट सेल्फी खिच्न लाग्दा उनी डुङ्गाबाट खसेर बेपत्ता भएको श्रेष्ठकी दिदी रोशनीलाई उदृत गर्दै कास्की प्रहरी प्रमुख ओम रानाले जानकारी दिएका छन् ।

काठमाडौंबाट दिदीसँग आइतबार पोखरा घुम्न आएका श्रेष्ठको खोजी भइरहेको प्रहरीले जनाएको छ । दिदी–भाइ फरक–फरक डुङ्गामा चढेको अनुसन्धानले देखाएको छ । श्रेष्ठको खोजीका लागि आर्मी, प्रहरी, सशस्त्र प्रहरीलगायत उद्धार टोली परिचालन भएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७