परम्परागत विधि तोड्दै तीन जना सचिवको सरुवा, को कहाँ ?


२४ मंसिर २०७५, सोमबार
pm office

काठमाडौं, २४ मंसिर । सरकारले तीन सचिवहरुको सरुवा गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव केदारबहादुर अधिकारीलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सरुवा गरिएको छ ।

pm office

यस्तै निर्वाचन आयोगका सचिव वेगेन्द्रराज शर्मा पौड्याललाई सार्वजनिक खरिद अनुगमन कार्यालयमा सरुवा गरिएको छ । त्यसैगरी सार्वजनिक खरिद अनुगमन कार्यालयका मधुप्रसाद रेग्मीलाई निर्वाचन आयोगमा सरुवा गरिएको छ ।

स्वास्थ्य मन्त्रालयमा स्वाथ्य सेवातर्फकै वरिष्ठ चिकित्सकलाई सचिव बनाउने परम्परालाई तोड्दै सरकारले प्रशासनतर्फका अधिकारीलाई स्वास्थ्य मन्त्रालयको सचिवका रूपमा पठाएको छ ।

यसअघि सरकारले कार्यसम्पादन राम्रो नभएको भन्दै मन्त्रालयकी सचिव डा. पुष्पा चौधरीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा तानेको थियो । हाल उनलाई प्रधानमन्त्री कार्यालयको जगेडामा राखिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७