फड्को मार्न नसकेपनि सरकारको दिशा गलत छैन : योगेश भट्टराई


२४ मंसिर २०७५, सोमबार
Yogesh Bhattrai

लिलाराज भट्टराई
इटहरी, २४ मंसीर  : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटि सदस्य तथा सांसद योगेश भट्टराईले वर्तमान सरकारको दिशा गलत नभएको बताएका छन् । जनताको अपेक्षा अनुसार फड्को मार्न नसकेपनि सरकार सुतेर भने नबसेको उनको भनाई छ ।

Yogesh Bhattrai
योगेश भट्टराई



सोमबार इटिहरीमा होटल उत्सवको उद्घाटन गर्दै नेता भट्टराईले जनस्तरवाट आएका गुनासोलाई प्रति गम्भिर हुदै सरकारलाई गतिशिल वनाईने बताए । कमी कमजोरी सच्याउदै आगामी वर्ष अझ राम्रो काम हुने नेता भट्टराईको दावी छ ।


दुई बर्षमा पाथीभरामा केवलकार

Yogesh Bhattarai


ताप्लेजुङका सांसद समेत रहेका नेकपाका नेता भट्टराईले दुई बर्षमा पाथीभरामा केवल कार पुग्ने बताए ।

पाथीभरामा केवलकार बनाएर प्रत्येक बर्ष ताप्लेजुडमा १० लाख पर्यटक जाने वातावरण वनाउने उनको भनाई छ । गत दशैका वेला एकैदिनमा १५ हजार पर्यटक पाथीभरा पुगेको उनले बताए ।

भट्टराईले प्रदेश १ मा एउटा अन्तर्रा्ष्ट्रिय विमानस्थल आवश्यक रहेको बताए । प्रदेश १ पर्यटनको केन्द्र भएकाले अन्तर्रा्ष्ट्रिय पर्यटकलाई सहज बनाउन पनि अन्तर्रा्ष्ट्रिय विमानस्थल आवश्यक रहेको उनको भनाई छ ।
देश अब क्रमश स्थायित्वतिर गएकाले आर्थिक विकासमा नयाँपन ल्याउनुपर्ने उनको भनाइ थियो । देशमा लगानीको वातावरण बनेको र समृद्धिको मार्गमा देश हिँड्न थालेको पनि उनले बताए ।

चालिस फिटको नेपालको झण्डा भएको होटल

Hotel of Nepal


इटहरीका युवा गोपाल घिमिरे लगायतको अढाइकरोडको लागतमा सञ्चालित होटल उत्सवको नेता भट्टराईले उदघाटन गरेका हुन् ।

लिफट सहितको सुविधा भएको उत्सव होटलको अग्रभागमा ४० फिट अग्लो नेपालको झण्डा वनाइएको छ । सो झण्डाका कारण उत्सव होटल झण्डा होटलका नामले समेत परिचित हुदैछ । अत्याधुनिक सुविधा सम्पन्न २२ वटा कोठा र दुईवटा सेमिनारहलको ब्यवस्था गरिएको संचालक घिमिरेले बताए ।

सुपथ मूल्यमा स्टार लेवलको सुविधा उपलब्ध गराउने होटलको दावी छ । उदघाटन समारोहलाई प्रदेश सांसद सर्वध्वज साँवा, इटहरीकी उपमेयर लक्ष्मी गौतम, संविधानसभाका पूर्व ससभासद रेवती रमण भण्डारी र उद्योग वाणिज्य संघ इटहरीका वरिष्ठ उपाध्यक्ष शैलेश विष्टले शुभकामना मन्तब्य ब्यक्त गरे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७